इटहरी । ग्राहकको विश्वास र साथलाई विशेष रूपमा मनाउँदै इटहरी–६, सुनसरीमा रहेको श्री गजुरमुखी ज्वेलर्सले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा आकर्षक ‘मालामाल अफर’ घोषणा गरेको छ।
वार्षिकोत्सवलाई विशेष बनाउने उद्देश्यले ज्वेलर्सले ग्राहकलाई एकैपटक खरिदमा छुट र उपहार जित्ने अवसर प्रदान गरेको हो। अफरअन्तर्गत रु. २५ हजारभन्दा माथिको खरिद गर्ने ग्राहक लक्की ड्रमा सहभागी भई ५० ग्रामको चाँदीको सिक्का जित्न सक्नेछन्।
त्यसैगरी, भदौ महिनाभरि सुनका गहना खरिद गर्ने ग्राहकलाई ज्यालामा १०० प्रतिशत छुट दिइने ज्वेलर्सले जनाएको छ। यसले नयाँ गहना खरिद गर्ने तथा विशेष अवसरका लागि सुनका गहना बनाउने ग्राहकलाई थप लाभ पुग्ने अपेक्षा गरिएको छ।
ज्वेलर्सका सञ्चालक राकेश श्रेष्ठका अनुसार १० वर्षको यात्रामा ग्राहकले दिएको विश्वासप्रति आभार व्यक्त गर्दै वार्षिकोत्सवलाई ग्राहककेन्द्रित बनाउने उद्देश्यले अफर ल्याइएको हो।
‘मालामाल अफर’ २०८३ भदौ ६ गते, शनिबारदेखि सुरु हुनेछ। वार्षिकोत्सवको अवसरमा ल्याइएको अफरले इटहरी तथा आसपासका ग्राहकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।




















