विकल रेग्मी, इनरुवा । सुनसरी जिल्ला अदालतले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन मूल्याङ्कनका आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने छ जना कर्मचारीलाई प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गरेको छ।
अदालतले न्याय सम्पादनलाई प्रभावकारी, छिटोछरितो र सेवाग्राहीमैत्री बनाउन उल्लेखनीय योगदान पुर्याएको मूल्याङ्कन गर्दै सरोज भट्टराई, दामोदर खतिवडा, रामसेवक मेहता, सुदीप बराल, सरिता रेग्मी र सतार अन्सारीलाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरेको हो।
शुक्रबार आयोजित कार्यक्रममा सम्मानित कर्मचारीहरूलाई प्रशंसा–पत्र प्रदान गर्दै अदालतले आगामी दिनमा पनि यही समर्पण, इमान्दारिता र जिम्मेवारीबोधका साथ कार्य गर्दै न्यायिक सेवाको गुणस्तर अभिवृद्धिमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
प्रशंसा–पत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूको योगदान न्याय प्रशासनलाई प्रभावकारी बनाउन महत्वपूर्ण रहेको उल्लेख गरिएको छ। साथै सम्मानित कर्मचारीहरूको उज्ज्वल कार्यजीवन तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको छ।
जिल्ला न्यायाधीश प्रकाश राउत तथा अदालतका स्रेस्तेदार (उपसचिव) टिकेन्द्रवीर जङ्ग राणाले हस्ताक्षर गरेको प्रशंसा–पत्रमार्फत उनीहरूलाई सम्मान गरिएको हो।




















