इटहरी  । सुनसरीको इटहरीस्थित हाेटल इनटुरिष्टमा भ्वाइस अफ चिल्ड्रेनको आयोजनामा इन्टरनेट सेवा प्रदायक संस्थाहरूका लागि अनलाइन बालयौन दुराचार (Online Child Sexual Abuse) रोकथामसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बालअधिकार तथा जोखिममा रहेका बालबालिकाको संरक्षणसम्बन्धी सचेतनामूलक उक्त कार्यक्रममा सरोकारवाला निकाय, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि तथा बालअधिकार क्षेत्रमा क्रियाशील व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।20260412_134039

कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक Durga Khanal र “भ्वाइस अफ चिल्ड्रेन”का सहायक संयोजक Prakash Pariyar ले सहजीकरण गरेका थिए। प्रहरी निरीक्षक खनालले बालबालिका विभिन्न अनलाइन तथा अफलाइन जोखिम र दुर्व्यवहारको सिकार कसरी हुन सक्छन्, त्यस्ता घटनाको पहिचान कसरी गर्ने र त्यसबाट जोगिन के–कस्ता उपाय अपनाउन सकिन्छ भन्ने विषयमा विस्तृत जानकारी दिएका थिए। उनले बालसुरक्षामा अभिभावक, शिक्षक तथा समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै सचेतना अभिवृद्धि गर्न सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिए।20260412_131057

त्यसैगरी, सहायक संयोजक परियारले बालअधिकार संरक्षणका लागि समुदायस्तरमा सञ्चालन भइरहेका कार्यक्रम, संस्थागत पहल तथा समन्वयको आवश्यकताबारे प्रकाश पारेका थिए। उनले बालबालिकाको सुरक्षित भविष्यका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताए। कार्यक्रममा सहभागीहरूलाई बालसुरक्षासम्बन्धी व्यवहारिक उपायहरू अवलम्बन गर्न तथा अनलाइन माध्यमको सुरक्षित प्रयोगमा सतर्कता अपनाउन आग्रह गरिएको थियो।

कार्यक्रममा विशेषगरी बालबालिकामाथि बढ्दो अनलाइन जोखिम, विशेषतः इन्टरनेटमार्फत हुने यौन दुराचार, शोषण तथा दुर्व्यवहारका घटनाबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले डिजिटल प्रविधिको दुरुपयोगका कारण बालबालिका थप असुरक्षित बन्दै गएको भन्दै यसको नियन्त्रणका लागि सरकारी निकाय, निजी क्षेत्र तथा नागरिक समाजबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।20260412_133846

वक्ताहरूले इन्टरनेट सेवा प्रदायकहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै शंकास्पद गतिविधिको पहिचान, प्रभावकारी रिपोर्टिङ प्रणाली विकास, तथा बालमैत्री इन्टरनेट वातावरण निर्माण गर्न नीतिगत र प्राविधिक उपायहरू अवलम्बन गर्नुपर्नेमा जोड दिएका थिए। साथै, अभिभावक, विद्यालय र समुदायलाई लक्षित गर्दै निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको थियो।20260412_134202

कार्यक्रमको निष्कर्षमा सहभागीहरूले अनलाइन बालसुरक्षा सुनिश्चित गर्न बहुपक्षीय सहकार्य अझ सुदृढ बनाउनुपर्ने, विद्यमान कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने तथा सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए।

यस प्रकारका कार्यक्रमहरूले बालबालिकालाई सुरक्षित डिजिटल वातावरण उपलब्ध गराउन र अनलाइन जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।20260412_133649