इटहरी । सुनसरीको इटहरी–४, आइतबारे क्षेत्रमा नेपाली उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नेपाली जुत्ता घर’को भव्य शोरुम सञ्चालनमा आएको छ। आइतबार आयोजना गरिएको विशेष कार्यक्रममार्फत पूजा–अर्चना गरी शोरुमको औपचारिक उद्घाटन गरिएको हो। स्वदेशमै उत्पादित जुत्ता तथा चप्पललाई एकै थलोमा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको यो शोरुमले स्थानीय उद्योगको प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

इटहरीमा ‘नेपाली जुत्ता घर’ नामक नयाँ शोरुम सञ्चालनमा आएको छ। दुर्गा पार्टी प्यालेस नजिकै रहेको उक्त शोरुम आइतबारदेखि औपचारिक रूपमा ग्राहकका लागि खुला गरिएको हो।Screenshot_20260330_115534_TikTok

शोरुमका सञ्चालक मातृका प्रसाद नेपालका अनुसार नेपाली उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले विभिन्न स्वदेशी ब्रान्डका जुत्ता तथा चप्पलहरू एकै स्थानमा उपलब्ध गराइएको छ। उनले भने, “नेपाली ब्रान्डलाई प्रवर्द्धन गर्ने र ग्राहकलाई गुणस्तरीय स्वदेशी उत्पादन सजिलै उपलब्ध गराउने हाम्रो मुख्य उद्देश्य हो।

‘नेपाली जुत्ता घर’मा रनसुज, फर्स्टवाक सुज, बीएफ डियर हिल सुज तथा सुल्याण्डलगायतका चर्चित नेपाली ब्रान्डका जुत्ता–चप्पलहरू राखिएका छन्। एउटै छानामुनि चारभन्दा बढी ब्रान्डका करिब १००० भन्दा बढी डिजाइन तथा मोडेलहरू उपलब्ध हुने व्यवस्था मिलाइएको छ, जसले ग्राहकलाई छनोटका लागि फराकिलो विकल्प प्रदान गर्ने विश्वास गरिएको छ।

शोरुम बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सातै दिन खुला रहनेछ। व्यस्त जीवनशैली भएका ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले निरन्तर सञ्चालनमा रहने व्यवस्थापन पक्षले जनाएको छ।

करिब एक करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको उक्त शोरुमले स्वदेशी उद्योगको विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। पछिल्लो समय नेपाली जुत्ता–चप्पलको गुणस्तर र डिजाइनमा उल्लेखनीय सुधार भइरहेको सन्दर्भमा यस्तो शोरुमले बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

सञ्चालक नेपालले आगामी दिनमा अझ धेरै नेपाली ब्रान्डलाई समेट्दै व्यवसाय विस्तार गर्ने योजना रहेको समेत जानकारी दिएका छन्।