काठमाडौं। सरकारले राष्ट्रिय महत्त्वका साथ अघि बढाएका २६ वटा परियोजनामध्ये अधिकांशको कार्य प्रगति अत्यन्तै धीमा रहेको तथ्यांकले देखाएको छ। बहुवर्षीय आयोजनाहरूमा अर्बौं खर्च भइसके पनि भौतिक तथा वित्तीय प्रगति अपेक्षित स्तरमा छैन।

विशेष गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक तथा वित्तीय प्रगति ९८ प्रतिशत मात्र सम्पन्न छ। करिब २६ अर्ब रुपैयाँ लागतमा बनेको यो विमानस्थल हालसम्म व्यवसायिक रूपमा सञ्चालनमा पूर्ण छैन। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि व्यवसायिक रूपमा स्थिर हुन सकेको छैन।

सबैभन्दा महत्त्वकांक्षी स्वदेशी लगानीको १२०० मेगावाट क्षमताको बुढी गण्डकी जलविद्युत् आयोजनाको भौतिक प्रगति हालसम्म शून्य रहेको छ। तर मुआब्जा वितरणमा ४३ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ।

अन्य प्रमुख परियोजनाहरूको प्रगति यसप्रकार छ

सिक्टा सिँचाइ आयोजनास् भौतिक ४४.२५, वित्तीय ४३३५

भेरी–बबई सिँचाइस् भौतिक ६७.५५, वित्तीय ५५.१५

रानीजमरा–कुलरिया सिँचाइस् भौतिक ७४.८५, वित्तीय ६९.६५

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलस् भौतिक ०५, वित्तीय १०५

मेलम्ची खानेपानी ९प्रथम चरण०स् भौतिक ९९.५५, वित्तीय ९०.१५

मूलपानी क्रिकेट एकेडेमीस् भौतिक ४२५, वित्तीय ३७५

गिरिजाप्रसाद क्रिकेट रंगशालास् भौतिक र वित्तीय प्रगति ०५


यस्तै, सडक, जलविद्युत् र सिँचाइ आयोजनाहरूको भौतिक र वित्तीय प्रगति मिश्रित छ। केही परियोजनाहरूले ८० प्रतिशत भन्दा माथिको प्रगति देखाए पनि, धेरै आयोजनाहरू आधा पनि सम्पन्न हुन सकेका छैनन्।

विशेषज्ञहरूले भने, परियोजनाहरूको सुस्त प्रगति, आवश्यक रणनीति नहुँदा, र वित्तीय व्यवस्थापनका कमजोरीले राष्ट्रिय गौरवका आयोजनाहरूको लक्ष्य पूरा हुन चुनौतीपूर्ण भएको बताएका छन्।

सरकारले आगामी दिनमा लगानी मोडालिटी सुधार गरी परियोजनाहरूलाई सक्रिय बनाउने योजना बनाएको भए पनि हालको स्थिति चिन्ताजनक रहेको देखिएको छ।