इटहरी । बतास एमएडब्ल्यू कमर्सियल भेहिकल्स प्रा.लि.ले पूर्वी नेपालमा आफ्नो सेवा सञ्जाल विस्तार गर्ने क्रममा सुनसरीको रामधुनी नगरपालिका–तितृबनमा अत्याधुनिक आइचर 3s (सेल्स, सर्भिस एण्ड स्पेयर्स) शोरूम सञ्चालनमा ल्याएको छ। माघ २१ गते उद्घाटन गरिएको यस केन्द्रले व्यावसायिक सवारी साधनको बिक्री तथा बिक्रीपछिको सेवालाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको छ।
उद्घाटन कार्यक्रममा रामधुनी नगरपालिकाकी उप–प्रमुख तारा थापा, एमएडब्ल्यू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल, बटास एमएडब्ल्यू कमर्सियल भेहिकल्सका प्रबन्ध निर्देशक शान्त राज बटास तथा भोल्भो आइचर कमर्सियल भेहिकल्स (VECV) का वरिष्ठ उपाध्यक्ष अमन अरोराको उपस्थिति रहेको थियो। साथै उद्योग, अटोमोबाइल, बैंकिङ क्षेत्रका प्रतिनिधि, ग्राहक तथा व्यावसायिक साझेदारहरूको सहभागिता थियो।
कार्यक्रममा बोल्दै एमएडब्ल्यू इन्टरप्राइजेजका उपाध्यक्ष हेमन्त पुराणिकले रामधुनी–इटहरी क्षेत्रमा 3 s सुविधा सञ्चालनमा आउनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। नयाँ केन्द्रमा प्रशिक्षित प्राविधिक, अत्याधुनिक उपकरण र जेन्युइन स्पेयर पाट्र्स उपलब्ध रहेको जानकारी गराउँदै यसले सवारीको अपटाइम बढाउने विश्वास व्यक्त गरे।
रामधुनी नगरपालिकाकी उप–प्रमुख तारा थापाले यस शोरूमले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै क्षेत्रको आर्थिक तथा अटोमोबाइल विकासमा योगदान पु¥याउने बताइन्। एमएडब्ल्यू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले पूर्वी नेपालको यातायात र लजिस्टिक क्षेत्रको सम्भावनालाई ध्यानमा राख्दै ग्राहक केन्द्रित सेवा विस्तार गरिएको उल्लेख गरे।
भीईसीभीका वरिष्ठ उपाध्यक्ष अमन अरोराले एमएडब्ल्यू–भीईसीभी साझेदारी अझ मजबुत हुँदै गएको बताउँदै नेपालमा बिक्रीपछिको सेवा विस्तारलाई प्राथमिकतामा राखिएको जानकारी दिए। शाखा प्रमुख प्रमोद घिमिरेका अनुसार यो नेपालकै सबैभन्दा ठूलो आइचर 3 s केन्द्र हो।
पूर्वी नेपालको प्रमुख लजिस्टिक मार्गमा अवस्थित यस केन्द्रले सवारी बिक्री, सेवा र स्पेयर पाट्र्स एकै स्थानबाट उपलब्ध गराउँदै ग्राहकलाई सहज र भरपर्दो सेवा प्रदान गर्नेछ। उद्घाटन समारोह सवारी प्रदर्शनी तथा नेटवर्किङ कार्यक्रमसँगै सम्पन्न भएको थियो।




















