लामो समयदेखि सेयर बजारलाई धेरै पक्षबाट सकारात्मक प्रभाव पर्ने अवस्था देखिए पनि बजारले अपेक्षित वृद्धि लिन सकेको थिएन।
तर केही दिनयता बजार लगातार बढ्दो प्रवृत्तिमा देखिन थालेको छ। मंगलबार समेत बजार लगातार बढेको छ। यी चार कारोबार दिनमा नेप्सेले ७९.८ अंक जोडेको छ।
पछिल्ला दुई दिनमा मात्रै नेप्सेले ७३.३८ अंक जोड्यो।
सोमबार कारोबार रकम पनि साढे पाँच महिनायताकै उच्च भयो। यसअघि गत साउन १८ मा १३ अर्ब ७ करोड रूपैयाँको कारोबार भएको थियो।
सोमबार ११ अर्ब ८५ करोड रूपैयाँको सेयर कारोबार भयो।
आगामी फागुन २१ मा हुने निर्वाचनका लागि मंगलबार दलहरूले उम्मेदवारी दिएसँगै सेयर बजारले सुधारको बाटो समातेको हो।
के अहिले बजार राजनीतिक कारणले नै बढेको हो त?
पहिले सेयर बजारमा राजनीतिक घटना क्रमको प्रभाव किन पर्छ भन्ने बुझौं।
अर्थतन्त्रमा पर्न सक्ने प्रभाव, शान्ति सुव्यवस्था, नीतिगत परिर्वतनको संकेत लगायत कारण राजनीतिक घटना क्रमले सेयर बजारमा प्रभाव पार्छ।




















