इटहरी । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज भारतको राजधानी नयाँदिल्ली जाने भएका छन्।प्रचण्डले भोलि (सोमबार) नयाँदिल्लीस्थित नेकपाको प्रवासी संगठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
एक महिनाअघि नै तय भएको सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड दिल्ली जान लागेका उनको सचिवालयले जनाएको छ ।सन्देश सभालाई सम्बोधन गरेर प्रचण्ड भोलि (सोमबार) साँझ नै स्वदेश फर्किने कार्यक्रम छ।
प्रचण्डको सचिवालयले दिल्लीमा रहँदा उनले सन्देश सभालाई सम्बोधन गर्नेबाहेक अन्य राजनीतिक भेटघाटका कार्यक्रम तय नभएको जनाएको छ।




















