इटहरी ।  नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा झापाबाट ९ जना रहेका छन् । झापा ठेगाना भएकाहरूमा जनजाति र महिला कलस्टरमा अनिता सुब्बा, जनजाति पुरुषमा विद्यानन्द राजवंशी, खसआर्य महिलामा नर्मदादेवी सिवाकोटी, मेकुका काफ्ले र लता प्रसाईं, दलित महिलामा निता घतानी, दलित पुरुषमा जितु दर्जी गौतम र सोम पोर्तेल र मधेशी महिलामा बिना शाह महतो रहेका छन् ।

समानुपातिक तर्फको बन्दसूची बुझाउने समय यही पुस १३ र १४ गते थियो । एमालेले निर्धारित समयमै गएर बन्दसूची बुझाएको थियो ।एमालेले ११० जनाकै नाम दिएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक तर्फको निर्वाचन र १६५ जना प्रत्यक्ष तर्फको निर्वाचनबाट निर्वाचित हुन्छन् ।प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता माघ ६ गते हुनेछ ।समानुपातिक तर्फका उम्मेदवारको सन्दर्भमा भने निर्वाचन आयोगले प्राप्त बन्दसूची उपर छानबिन सुरु गरेको छ ।