इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २० को आयोजनामा जेष्ठ नागरिक सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमको अवसर पारेर नेपाली चलचित्र ‘परान’ निःशुल्क रुपमा देखाइएकोे छ । वडास्तरमै पहिलोपटक आयोजना गरिएको उक्त कार्यक्रमले २०० भन्दा बढी स्थानीय जेष्ठ नागरिकहरुको सहभागिता सहित चलचित्र हल भरिभराउ बनेको थियो ।
चलचित्र हेर्न आएका जेष्ठ नागरिकहरु भक्कानिएर हलमा छुट्टै परिवेश सिर्जना भएको थियो । कोही आफ्ना विदेशिएका सन्तानका तस्बिर मोबाइलमा हेर्दै आँखा भरि आँसु झारिरहेका थिए भने कोही भावनालाई सम्हाल्ने कोसिस गर्दै हलकै वातावरणलाई भावुक बनाएको थियो। ‘परान चलचत्रिले समाजमा बढ्दै गएको वैदेशिक रोजगार, परिवारको दूरी र जेष्ठ नागरिकले भोग्नुपरेको एकान्तपनलाई प्रत्यक्षरूपमा स्पर्श गरेको कारण धेरै अभिभावकहरू भावनात्मक बनेका थिए ।
नागरिकलाई सम्झना र सम्मानको अनुभूति दिलाउन यस्तो कार्यक्रम आयोजना गरिएको बताए । वडाका जेष्ठ नागरिकका छोराछोरी विदेशिए पनि हामी यहाँ छौं, उनीहरू एक्ला छैनन् भन्ने सन्देश दिन हामीले चलचित्र हेर्न ल्याएको इटहरी उपमहानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष मणिराम श्रेष्ठले बताए ।
यस्तै, वडा सदस्य तनुज गुरुङले वडामा बसोबास गर्ने वरिष्ठ नागरिकलाई मनोरञ्जनका गतिविधिमा जोड्नु अत्यावश्यक रहेको उल्लेख गरे । उनले भने, “देशमा जति जति छोराछोरी विदेशतिर आकर्षित हुँदै गइरहेका छन्, त्यति नै यहाँका अभिभावक एक्लिँदै गएका छन ्। यही वास्तविकता–झल्किने ‘परान’ चलचित्रले उनीहरूलाई आफ्नै कथा–व्यथा सम्झाउने र केही समय भए पनि मन हलुका बनाउने आशा दिएको इटहरी उपमहानगरपालिका वडा नम्बर २० का वडा सदस्य तनुज गुरुङले बताए ।
इटहरी उपमहानगरपालिका वडा नम्बर २० द्वारा आयोजना गरिएको यस कार्यक्रममा जेष्ठ नागरिकलाई सामाजिक सम्मानसहित समय–समयमा मनोरञ्जन तथा मानसिक स्वास्थ्य सम्बन्धी गतिविधि सञ्चालन गर्ने वडाको प्रतिबद्धतासमेत व्यक्त गरिएको छ । कार्यक्रमले वडाका बसिन्दा बीच आपसी खुसिसाट साट, परिवारप्रतिको सम्झना र समुदायको साथ–सहयोगको महत्तव पुनः उजागर गरिदिएको स्थानीयको प्रतिक्रिया रहेछ ।




















