इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १० स्थित अमझोखि खेलमैदानको परिसरमा ‘वृक्षारोपण कार्यक्र सम्पन्न गरिएको छ । 

स्थानीयवासी, युवा स्वयंसेवक, जनप्रतिनिधि तथा विभिन्न सामाजिक संघ–संस्थाको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रममा खेलमैदान क्षेत्रमा व्यवस्थित हरियाली वन विकास गर्ने दीर्घकालीन लक्ष्य राखिएको हो ।

करिब १५०० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्। कार्यपालिका सदस्यका अनुसार पालिकाले उपलब्ध गराएका बिरुवाले निकट भविष्यमा खेलमैदान परिसरलाई हरित भू–दृश्यमा रूपान्तरण गर्नेछ। साथै, हरियाली वनको विकाससँगै भविष्यमा पिकनिक स्पोट तथा सामुदायिक विश्रामस्थल निर्माण गर्ने योजना समेत अगाडि बढाइएको कार्यपालिका सदस्य तारा ढकालले बताइन ।ee

कार्यक्रमका क्रममा विभिन्न सहभागीहरूले आ–आफ्ना धारणा व्यक्त गरेका थिए। स्थानीय समुदायका प्रतिनिधिहरूले वन क्षेत्रको विस्तार र संरक्षण दुबै अत्यावश्यक रहेको उल्लेख गर्दै सामूहिक जिम्मेवारीको आवश्यकता रहेको स्थानिय हरि नारायण चौधरीले बताए । त्यस्तै खेलमैदानलाई हरियालीयुक्त र वातावरणमैत्री क्षेत्रका रूपमा विकास गर्न नियमित वृक्षारोपण, सरसफाइ तथा संरक्षण कार्यक्रमहरू जारी राखिनुपर्नेमा जोड दिए । उनले हरित पहलबाट बालबालिका तथा युवाका लागि स्वस्थ र प्रेरणादायी वातावरण निर्माण हुने विश्वास रहेको स्थानिय अमर श्रेष्ठले बताए । qqq

हालको बढ्दो तापक्रम, बिस्तारै घट्दै गएको वन क्षेत्र र वातावरणीय संकटबीच स्थानीय तहबाट उठेका यस्ता हरित अभियानले दीगो विकासतर्फ महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । समुदाय–आधारित वातावरणीय अभियानले केवल प्रकृति संरक्षण मात्र नभई सामाजिक एकता र सहकार्यलाई पनि सुदृढ गरिरहेको सहभागीहरू जानकारी गराए ।