इटहरी । सुनसरीको इटहरी–२, आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रमा जारी श्रीमद्भागवत धन्याञ्चल सत्सङ्ग आज चौथो दिनमा प्रवेश गरेको छ। आजको विशेष आकर्षणका रूपमा १०८ शिवलिङ्गको समुद्घाटन भव्य धार्मिक विधि अनुसार सम्पन्न गरिएको छ।

कार्यक्रमका संयोजक बाबुराम सुवेदीका अनुसार समुद्घाटन समारोहको क्रममा भक्तजनहरूले सामूहिक रूपमा लामो समयसम्म शङ्ख फुक्दै वातावरणलाई उल्लासमय र ऊर्जामय बनाएका थिए। सामूहिक शङ्खध्वनीसँगै सम्पूर्ण क्षेत्र संगीत–मय र आध्यात्मिक ऊर्जाले ओतप्रोत बनेको सहभागीहरूले बताएका छन्।

साेहीअवसरमा पण्डित योगेश भट्टराईले कथा वाचन गरेका थिए भने उपस्थित वटुकरूले रूद्रिपाठ समेत गरेका थिए । हिन्दू धर्मअनुसार शङ्खध्वनी पवित्रता, शुभता र सकारात्मक ऊर्जाको प्रतीक मानिन्छ। वैज्ञानिक दृष्टिले पनि यसले वातावरण शुद्ध पार्ने, शरीरमा प्राणशक्ति सन्तुलन गर्ने र मस्तिष्कमा शान्ति तथा एकाग्रता बढाउने प्रभाव पार्ने विश्वास रहिआएको छ।

सत्सङ्गमा भक्तजनको भीड दिनानुदिन बढ्दै गएको छ। अहिलेसम्म देशका विभिन्न जिल्ला र भारतका तीर्थस्थानहरूबाट आएका हजारौँ श्रद्धालु भक्तहरूले १०८ शिवलिङ्गको दर्शन गरिसकेका छन्।समितिका अनुसार करिब ३६ लाख रुपैयाँ लागतमा भक्तपुरका कलात्मक इँटा र नेपालमै निर्मित शिलाबाट शिवलिङ्गहरू तयार गरिएको हो।विशेष प्राणप्रतिष्ठा अनुष्ठान आगामी कार्तिक १७ देखि २१ गतेसम्म सञ्चालन हुनेछ, जसमा नेपाल र भारतका प्रमुख धार्मिक विद्वान् तथा साधु–सन्तहरूको सहभागिता रहनेछ।

ee370d35-85cc-4082-a050-c1e21ab05c72

 fc5e2675-2962-419d-81f8-b5dcad397826

34d0bba7-907e-4dba-9d05-d09f85d2a310

43aedd85-e569-44ed-9913-eb66b1a1a1d9

23af0e44-3774-4961-b645-bbbd93196306