इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं ६ का वडाध्यक्ष दिवश पोखरेलले समय सान्दर्भिक जनहितमा सूचना जारी गरेका छन्।

उनका अनुसार हिन्दु नेपालीहरूकाे महान पर्व तिहार घर-आँगनमा आइपुगेकाे छ, र जेन्जी आन्दोलन पश्चात देशमा उत्पन्न परिस्थितिकाे फाइदा उठाउँदै बजारमा खुलेआम पटाकाजन्य तथा विस्फोटक पदार्थहरू बिक्री वितरण भइरहेकाेले उपभोक्ताहरूलाई आफैँ सचेत भएर तिहार मनाउन आग्रह गरिएको छ।

उनले गत भदाै २३ र २४ गते भएकाे जेन्जी आन्दोलनपछि छिमेकी पालिकाहरूमा समेत बारूण यन्त्र (फायर ब्रिगेड) नहुँदा तिहारकाे बेला आगलागीका संभावित घटनाबाट बच्न पटाकाजन्य पदार्थहरू खरिद नगर्न, गर्नु परे सावधानी अपनाएर पड्काउन, तथा झिलिमिली बनाउँदा पनि उच्च सावधानी अपनाउन सुझाव दिएका छन्।

तिहारकै बेला धेरैजसो स्थानहरूमा विद्युत् सर्ट भएर आगलागी हुने गरेका कारण झिलिमिली टाँग्दा विशेष सावधानी अपनाउन नगर प्रवक्ता पोखरेलले अनुरोध गरेका छन्।

हेर्नुस उनकाे भनाइ जस्ताकाे तस्तै