इटहरी डेस्क । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले किसानलाई फोहोरी भनेपछि सामाजिक सञ्जालमा आलोचना भएको छ ।बालेनको फेसबुक एकाउन्टबाट सोमबार एउटा कविता सार्वजनिक भएको थियो । त्यसको एक हरफमा उनले लेखेका छन्, ‘जलझैँ शीतल, फूलझैँ कोमल, सुन न पित्तल, किसानझैँ फोहर।’

बालेनले किसानलाई फोहोरसँग तुलना गरेपछि उनको आलोचना भएको हो।उनको यो कविताको स्क्रिनसर्ट सेयर गरेर धेरैले उनको किसानप्रतिको धारणा गलत भएको तर्क गरेका छन् ।