इटहरी डेस्क ।  प्रधानमन्त्री सुशीला कार्कीका नाममा खुलेको एक नक्कली फेसबुक पेजले आपत्तिजनक सन्देश सम्प्रेषण गरेको छ ।‘पीएम सुशीला कार्की’ नामको उक्त फेसबुक पेजमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबारे अनर्गल प्रचार गरेको छ ।प्रधानमन्त्रीको फोटो र राष्ट्रिय निशाना छाप संयोजन गरेर प्रयोगमा ल्याइएको उक्त पेजमा ओलीसहित राजनीतिक दल र तिनका नेताविरुद्ध अनर्गल प्रचार गरिएको फोटा र विवरण राखिएको छ ।

प्रधानमन्त्रीको नाममा चलाइएका नक्कली फेसबुक पेज, त्यसमा राखिएका उत्तेजक भिडियो र फोटो तथा विवरणबारे प्रधानमन्त्री कार्यालयले कुनै प्रतिक्रिया जनाएको छैन ।यो समाचार तयार पार्दासम्म प्रधानमन्त्री कार्कीको नक्कली फेसबुक पेजमा ३४ हजार फ्लोअर्स पुगेका छन् ।पीएम सुशीला कार्कीका नाममा अरु पनि कैयौँ नक्कली फेसबुक आईडी बनेको देखिएको छ ।