इटहरी । मानव अधिकार तथा शान्ति समाजले जेनजी आन्दोलनमा दमन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही गर्न माग गरेको छ।
४४औँ अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा आइतबार विज्ञप्ति जारी गरी शान्ति समाजले दमनमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको हो।




















