गैरआवासीय नेपाली संघ ९एनआरएनए० अमेरिकाको आगामी कार्यकालका लागि हालका महासचिव रामहरि अधिकारीले २०२५–२७ कार्यकालका लागी अध्यक्ष पदमा उम्मेद्वारी दिंएका छन् । गैर आवासिय नेपाली, राष्ट्रिय समन्वय परिषद, अमेरिकाका बर्तमान महासचिव र विगतमा न्युयोर्क च्याप्टरको सचिव र अध्यक्षको भूमिका निर्वाह गरिसकेका अधिकारी एनआरएनए अमेरिकामा सशक्त, अनुशासित र समावेशी नेतृत्वको पहिचानको रूपम चिनिन्छन् । एक कार्यक्रमको आयोजना गरी आफ्नो उम्मेदवारी घोषणा गरेका अध्यक्ष पदकालागि उम्मेद्वारी दिंएका अधिकारीले आफ्नो अभियान गुटबन्दीमुक्त, पारदर्शी र सबल संस्थाको निर्माणमा केन्द्रित रहने बताएका छन् । उनले खुलेर भने, “म कुनै गुटको होइन । म संस्थालाई अझ पारदर्शी, उत्तरदायी, र समावेशी बनाउन आएको हुँ । एनआरएनएलाई व्यक्तिको वरिपरि होइन, समुदायको केन्द्रमा राखेर अगाडि बढाउनु पर्ने बताए । अधिकारीले गैरआवासीय नेपाली समाजभित्र गहिरिँदै गएको गुट–उपगुट, गुनासो र विमुखताको कारण संस्था कमजोर बन्दै गएको उल्लेख गर्दै, अब परिणाममुखी र समन्वयकारी नेतृत्वको आवश्यकता भएको बताए ।
अधिकारीले गैरआवासीय नेपाली संघ सुधारकालागि भन्दै विभिन्न बुँदा समेत सार्वजनिक गरेका छन् ।
१। संस्थागत सुधार र एकता
एनआरएनए अमेरिकाको आन्तरिक संरचना अझ स्पष्ट, उत्तरदायी र पारदर्शी बनाउने योजना। सबै राज्य, च्याप्टर र सदस्यहरूबीच विश्वास, समन्वय र सहभागिता बढाउने ।
२। प्रवासी नेपालीहरूका लागि कार्यक्रममुखी अभियान
अमेरिकामा रहेका नेपालीहरूका लागि व्यवसायिक तालिम, आपतकालीन सहायता, बीमा सहयोग, वृद्ध सहायता, शैक्षिक अवसरहरू जस्ता प्रत्यक्ष लाभदायी कार्यक्रम सञ्चालन गर्ने।
३। नेपालसँगको सम्बन्ध र नीति सम्वाद
गैरआवासीय नेपाली नागरिकताको सुनिश्चितता, दोहोरो करको अन्त्य, लगानीको प्रवाह, तथा नेपाल–अमेरिका सम्बन्धलाई संस्थागत तहमा सुदृढ बनाउने। उनले यस्ता विषयहरूलाई अमेरिकी राजनीतिज्ञहरूसँग संवाद गरी अगाडि बढाउने बताए ।
त्यस्तै रामहरि अधिकारीका अनुसार एनआरएनएमा अहिलेसम्म नतिजा भन्दा पनि पदको भागबन्डा बढी देखिएको भन्दै “संस्थाले अब भागदौडको नेतृत्व होइन, परिणाम दिन सक्ने नेतृत्व रोज्नुपर्ने बताए । उनले गुटभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाउँदै, “संस्थामा अब सबैलाई समान अवसर र सम्मान मिल्नुपर्ने धारणा राखेका छन् । उनले आफु र आफ्नो समुहको उम्मेद्वारी एनआरएनए सुधारकालागि भएको भन्दै सबैलाई मतदान गर्न आह्वान गरेका छन् ।




















