इटहरी । पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वमन्त्री छविराज पन्तलाई ५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।विशेष अदालतका न्यायाधीशद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पन्तलाई धरौटीमा छाड्न आदेश गरेको हो।
जग्गाको हदबन्दी छुट र सट्टापट्टाको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको र कार्यान्वयनमा पनि भूमिका खेलेको अभियोग उनीमाथि छ। तत्कालीन समयमा पन्त भूमिसुधार सचिव थिए।




















