काठमाडौं ।  नेपाली कांग्रेसको अनुशासन समितिको २६ नेता कार्यकर्तालाई पार्टीको हित विपरीत कार्य नगर्न सचेत गराएको छ । गत निर्वाचनमा पार्टीका  उम्मेदवारलाई असहयोग गरेको उजुरीका आधारमा अब उप्रान्त पार्टी हित विपरीत कार्य नगर्न सचेत बनाएको समितिका संयोजक आनन्द ढुङ्गानाले जानकारी गराएका छन् । कलालीमा २, डोल्पामा १०, सल्यानमा ११, दैलेखमा १, खोटाङ्गमा र धनुषामा १र१ जना समेत गरी जम्मा २६ जना सचेत गराइएको ढुङ्गानाले जानकारी गराए ।

कारबाही फकुवाको माग गरेर निवदेन दिनेहरूमा कोशीमा १७, मधेशमा २३, बागमतीमा ४, गण्डकीमा ३, लुम्बिनीमा ३६, कर्णालीमा ४ र सुदूरपश्चिममा १ गरी ८८ जना रहेको अनुशासन समितिले जनाएको छ ।