काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसवर्षको वार्षिकउत्सव फरक तरिकाले मनाउन लागेको छ । विगतका केन्द्रीय कार्यालयमा चिपापान गरेर मनाउने गरिएको थियो भने यसवर्ष फरक ढाँचाले मनाउन लागिएको छ । विगतका वर्षमा रास्वपाले दलका नेता, कुटनीतिक नियोगका प्रमुख, समाजका प्रवुद्ध वर्ग, रास्वपा कार्यकर्ता र शुभेच्छुकलाई केन्द्रीय कार्यालय बनस्थली आमन्त्रण गरेर चियापानको गरिएको थियो । ७ असारमा हुने वार्षिक उत्सवमा यसपटक फरक फरक विषयमा विचार मन्थन गर्न लागिएको छ ।


विचार केन्द्रीत बहस हुने तेस्रो वार्षिक उत्सवका लागि स्थान जावलाखेलस्थित स्टाफ कलेज तोकिएको छ । कार्यक्रमको पहिलो खण्डमा स्वागत मन्तव्य उपसभापति डा.स्वर्णिम वाग्लेले राख्नेछन् भने सभापति रवि लामिछानेले दिएको शुभकामना सन्देश वाचन गरेर सुनाउने कार्यक्रम तय भएको छ । उक्त सेसनको सहजीकरण रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले गर्नेछन् । विचार मन्थनको दोस्रो सेसनमा ‘सुनियममा आधारित आर्थिक फड्कोः कतारु’ विषय छानिएको छ । कार्यवाहक प्रवक्ता मनिष झाले सहजीकरण गर्ने उक्त विषयको संवादका लागि गुणाकर भट्टरप्रकाश श्रेष्ठ, शेखर गोल्छा, स्मृति शर्मा र सुरेन्द्र लाभ वक्ता छनोट गरिएको छ ।

बहसका लागि तेस्रो विषय ‘समताका लागि शैक्षिक सुधारः कसरीरु’ तोकिएको छ । केदारभक्त माथेमा, विद्यानाथ कोइराला, मिनाक्षी दाहाल र अमिना सिंह यो सेसनका लागि वक्ता छन् भने पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ सेसनको मोडरेटर छन् । चौथो विषय ‘युवाका लागि सम्भावना र प्रेरणाः कहाँरु’ राखिएको छ । कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सहजीकरण गर्ने यो सेसनमा पाँच वक्ताले विचार राख्नेछन् । उनीहरुमा प्रजुना केसी, धर्म स्वर्णकार, दावाफुटी शेर्पा, कुशलसुन्दर श्रेष्ठ छन् । रास्वपा २०७९ असार ७ मा स्थापना भएको थियो ।