इटहरी । पुर्वी नेपालमा शैक्षिक क्षेत्रमा महत्वपुर्ण  योगदान पुर्यादै आएको सुनसरीको इटहरीमा रहेको इटहरी नमुना कलेजले एक कार्यक्रम विच विदाई गरेको छ ।
इटहरी नमुना कलेज र ग्रिनपिस एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि शुभकामना सहित विविध कार्यक्रम गरि विदाई गरिेएको हो ।
इटहरी नमुना कलेजका विविए र ग्रिनपिस एकेडेमीमा अध्ययनरत कक्षा १२ का ४३१ जना लाई मायाको चिनो प्रदान गरी विदाइ गरियो ।
ग्रिन फाउण्डेसनका अध्यक्ष केशव खड्का र कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगर पालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रमेश कुमार शाहले विद्यार्र्थीहरुलाई सफल शैक्षिक भविष्यको कामना सहित विदाई गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी शाहले  विद्यार्थिहरूको भविष्यका लागि शुभकामना व्यक्त गर्दै कलेजका प्राध्यापक र शिक्षकहरूले उनीहरूको मेहनत र संघर्षको प्रशंसा गरेका थिए ।WhatsApp Image 2025-05-20 at 18.48.23
 विद्यार्र्र्थीहरुलाई सफल शैक्षिक सफलतामा अझ नयाँ ऊर्जा थप्ने विश्वास सहित विदाई गरिएको छ ।
साही अवसरमा विद्यार्थीहरुले नृत्य तथा गायन प्रस्तुती समेत आयोजना गरेका थिए ।
विदाइ कार्यक्रममा इटहरी नमुना कलेजका प्राचार्य धर्म न्यौपाने,ग्रिनपिस लिंकन कलेजका प्रिन्सिपल मुक्तीराज सुवेदी लगायतका शिक्षक,विद्यार्थीहरुको सहभागिता रहेको थियो ।