इटहरी । सुनसरीको इटहरी २ हवाई चौक स्थित माया घर नेपालको केन्द्रीय कार्यालयलाई बिद्युतीय इ रिक्सा सहित खाद्यान्न र लता कपडा प्रदान गरिएको छ । सोमबार एक कार्यक्रम बिच  इटहरीका व्यवसायी तथा बजाज सोरूमका सञ्चालक प्रदीप कुमार सन्थलीयाले बिपदको बेला बिरामी बोक्न , मानव उद्धार तथा पुन स्थापनामा टेवा पुर्‍याउने उद्देश्यका साथ तिन चक्के बिद्युतीय इ रिक्सा प्रदान गरेका हुन । 

उनले यस अघि इटहरी प्रहरीलाई पनि ८ वटा बिद्युतीय इ रिक्सा प्रदान गरिसकेको जनाए । कोशी प्रदेश प्रहरी कार्यालयको समायोजनमा भएको कार्यक्रममा सन्थलीयाले इ रिक्सा सहित लता कपडा , खाद्यान्न पनि प्रदान गरेका हुन । यो सँगै इटहरी प्रहरी , जिल्ला प्रहरी तथा कोशी प्रहरीले पनि सके जति लता कपडा ्र खाद्यान्न वितरण गरेको माया घर नेपालले जनाएको छ । 

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वर कार्कीले माया घरको बारेमा चर्चा निकै सुने पनि प्रत्यक्ष देखेर सहयोग गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताउँदै परि आएको खण्डमा ब्याक्तिगत रूपमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । 

त्यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाले केही खाद्यान्न र लता कपडा वितरण गरे । उनले माया घरमा आश्रित शिक्षित वर्गलाई लक्षित गर्दै प्रहरीको तर्फबाट प्राप्त सेनेटरी प्याड बनाउने तालिम दिने घोषणा गरे ।
 त्यस्तै इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी लक्ष्मी भण्डारीले केही खाद्यान्न र लता कपडा वितरण सँगै मानव उद्धारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।त्यस्तै शिल्पा अग्रवाल , प्रविण अग्रवालले माया घरलाइ आवस्यकीय लताकपडा प्रदान गरेका छन ।

उनले मध्यरात बेवारिसे अवस्थामा फेला परेका महिलाहरूलाई माया घर सम्म ल्याउने गरेको उल्लेख गरे । मानव उद्धार तथा व्यवस्थापनमा इटहरीका सहयोगी हातहरू प्रति धन्यवाद प्रकट गर्दै माया घरकी अध्यक्ष सुभद्रा प्याकुरेलले दाताहरूकै भरमा संस्था सञ्चालन हुँदै आएको उल्लेख गरिन ।माया घरमा हाल १३७ जना बेसहारा , अशक्त तथा सुस्तमनस्थितीहरूले आश्रय लिँदै आका छन् ।