इटहरी । उच्च शिक्षा हासिल गर्न विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गर्ने उद्धेश्यले सुनसरीको इटहरीमा रिसोर्स एजुकेशन हव सञ्चालनमा ल्याइएको छ ।
     लामो समय देखि शैक्षिक परामर्शका क्षेत्रमा काम गर्दै आएका नरेन्द्र दंगालले इटहरीका केन्द्र वनाएर पुर्वी नेपालका विद्यार्थीलाई लक्षित गरि रिसोर्स एजुकेशन हव सञ्चालनमा ल्याएका हुन ।
  विगत २२ वर्ष देखि शैक्षिक परामर्शका क्षेत्रमा काम गर्दै आएका दंगालले विदेशका कलेजहरुमा अध्ययन गर्न जाने विद्यार्थीलाई राम्रो शैक्षिक परामर्श सहित कलेजहरुका विषयमा जानकारी सहित परामर्श दिने उद्धेश्यले आफुले रिसोर्स एजुकेशन हव सञ्चालनमा ल्याएको जानकारी दिए ।WhatsApp Image 2025-05-18 at 16.39.00 (1)
दक्षिण कोरिया , अमेरिका , क्यानडा , अष्टेलिया लगायतका देशहरुका कलेजहरुमा अध्ययन गर्न चाहने विद्यार्थीलाई कलेजका विषयमा जानकारी सहित शैक्षिक परामर्श दिने उद्धेश्यले इटहरीको इस्काई प्लाजामा  सञ्चालनमा ल्याइएको रिसोर्स एजुकेशन हवको राष्ट्यि शैक्षिक परामर्श संघका कोशी प्रदेश अध्यक्ष सन्तोष कुरुङवागंले एक कार्यक्रमका विच उदघाटन गरेका हुन । WhatsApp Image 2025-05-18 at 16.39.01 (1)

उदघाटन कार्यक्रममा राष्ट्यि शैक्षिक परामर्श संघ कोशी प्रदेशका संस्थापक अध्यक्ष मोहनविक्रम तिलेगा,  इटहरी जेसिजका महासचिव मिलन कार्की लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।