सुनसरी  । वैदेशिक रोजगारी तर्फ युवाहरुको आकर्षण वढदै गई रहेका कारण पुर्वी नेपालका उद्योगहरुमा काम गर्ने मजदुरहरुको अभाव हुने क्रम पनि वर्षेनी वढी रहेको छ ।
    दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु समेत नियमित काममा नआउने गरेका कारण पुर्वी नेपालमा रहेका सानाठुला उद्योगहरुमा कामदार अभाव हुने क्रम वर्षेनी बढी रहेको हो ।
  पुर्वी नेपालको सुनसरी मोरगं औधोगिक करिडोर क्षेत्रमा रहेका उद्योगहरुले कामदार अभावकै कारण क्षमता अनुसार उत्पादन गर्न सकिरहेका छैनन ।
 नेपाल सरकारले मुलुककै सवै भन्दा वढी कामदारहरुलाई सामाजिक सुरक्षा कोषमा  सुचिकृत गराएको भन्दै वि.सं.२०८० सालमा  सम्मान गरेको सुुनसरी मोरगं औधोगिक करिडोरमा रहेको जुट मिल अरिहन्त मल्टिफाइवर्स लिमिटेडमा कामदार अभावका कारण क्षमता अनुसार उत्पादन लिन नसकिरहेको वताइएको छ ।
अरिहन्त मल्टिफाइवर्सका कार्यकारी प्रमुख गोविन्द बजगाँईले दैनिक ज्यालादारीमा काम गर्ने कामदारहरु समेत नियमित नआउदा उधोगमा कामदार अभाव हुने गरेको वताए ।
 उनले उद्योगमा कामदार अभाव हुन नदिन नयाँनयाँ ठाउँवाट मानिसहरुलाई ल्याएर तालिमसंगै रोजगारी दिने योजना वनाएको समेत जानकारी गराए ।vlcsnap-2025-05-16-12h32m47s351

साडे तीन दशक अघि देखि सुनसरीको सोनापुरमा सञ्चालनमा रहेको अरिहन्त मल्टिफाइवर्सले विगतको तुलनामा उद्योगलाई आधुनिकरण गरेर उत्पादन वढाउन सक्ने वनाएको भएपनि थप कामदार अभावका कारण उद्योगको क्षमता अनुसारको उत्पादन लिन सकिरहेको छैन।
उद्योगहरुका काम दैनिक ज्यालादारीमा काम गर्ने मानिसहरु  मेलामहोत्सव ,विवाह ,व्रतमन्त लगायतका कारण नियमित नआउने गर्नाले समेत उद्योगहरु प्रभावित हुने गरेको छ ।
अहरिन्त मल्टिफाइवर्समा थप दैनिक एक हजार जनालाई रोजगारी दिन सकिने अवस्था भएपनि कामदार अभाव रहेको जनाइएको छ ।
कामदार अभावको पुर्ति गर्न नयाँ आउने कामदारलाई तालिम संगै रोजगारी दिने योजना समेत यस उद्योगले सुरु गरेको  छ ।
 तालिमपछि उद्योगमा कामदार अभाव नहुने र उत्पदनमा बृद्धीहुने अपेक्षा गरिएको छ ।
उद्योगले महिलाहरुलाई समेत रोजगारीको अवसर दिदै आएको अरिहन्तले महिला कामदारहरुलाई समेत तालिम दिएर रोजगारी दिदै आएको छ ।
यस उद्योगमा हाल महिला पुरुष कामदार हारहारीमा रहेका छन । पुरुष कामदारहरु २२ सय जना रहेका छन भने महिला कामदार दुई हजार रहेको समेत वताइयो । कामदार अभावका कारण अरिहन्त मल्टिफाइवर्स मात्र नभएर सुनसरी मोरगं औधोगिक करिडोर क्षेत्रका सानाठुला उद्योगहरु प्रभावित हुदै आएका छन ।
नोट ः फुटेज एफटिपीमा आएको छ ।