इटहरी । निःसाहय वालवालिकाहरुलाई आश्रय दिदै आएको सुनसरीको इटहरीमा रहेको निःसाहय वालवालिका सेवा आश्रमले आफनो ४४औं वार्षिकोत्सव वुद्ध जयन्तीका दिन मनाएको छ।

      दाताहरुको सहयोगले सञ्चालन हुदै आएको निःसाहय वालवालिका सेवा आश्रम इटहरीले सहयोगीहरुलाई सम्मान गर्दै आफनो ४४औं वार्षिकोत्सव मनाएको हो । 

निःसाहय वालवालिका सेवा आश्रमका सञ्चालक समिति अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षता तथा झरना न्यौपानेको संयोजकत्वमा भएको   नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष भीमवहादुर पौडेलको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाइयो ।WhatsApp Image 2025-05-12 at 18.57.42

 वार्षिकोत्सवका अवसरमा आश्रमका उपाध्यक्ष बलवहादुर न्यौपानेले आश्रमका विषयमा जानकारी गराएका थिए । सो अवसरमा आश्रमलाई विभिन्न समयमा सहयोग गर्नेहरु पावर्ती निरौला ,शोभा गौतम , राजन कुमार गौतम ,कुशुम गौतम कटुवाल , विष्णु थाम्देन लिम्बु , रोहित वुढाथोकी लगायतलाई सम्मान गरियो । 

आश्रमले प्रकाशन गरेको २०८२ को भित्ते पात्रोको विमोचन गरिएको छ । WhatsApp Image 2025-05-12 at 18.34.44

सोही अवसरमा १५जनालाई  आजिवन सदस्यता प्रमाण पत्र वितरण र कार्य समितिका सदस्यहरुलाई प्रसंसा पत्र पनि कार्यक्रममा वितरण गरियो । आश्रमको वार्षिकोत्सव कार्यक्रममा  शिक्षासेवी लेखनाथ घिमीरे , समाजसेवी आकासहागं सुब्बा , आश्रमको भवन निर्माण समितिका सचिव वालिका खड्का भट्टराई , नेवा मिसा पुच इटहरीकी वरिष्ठ उपाध्यक्ष कौशल्या श्रेष्ठ, प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकाल नेलशन , नेपाल औषधी व्यवसायी संघ सुनसरीका महासचिव  नविनराज गौतम लगायतको आतिथ्य रहेको थियो ।WhatsApp Image 2025-05-12 at 18.57.40