इटहरी । नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको प्रथम वार्षिक स्थापना दिवस तथा सम्मान कार्यक्रम इटहरीको पचरुखी स्थित ज्येष्ठ नागरिक भवनको सभाहलमा सम्पन्न भएको छ । 

कार्यक्रममा विभिन्न संघ–संस्थामा आवद्ध सेवा निवृत्त कर्मचारी, स्थानीय समाजसेवी, बुद्धिजीवी तथा  जेष्ठ नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । 

कार्यक्रममा निवृत्त कर्मचारीहरूको योगदानलाई कदर गर्दै सामाजिक क्षेत्रमा योगदानको कदर गर्दै  समाजमा अझ क्रियाशील बनाउन प्रेरणा दिने उद्देश्यले जेष्ठ नागरिक र गायक तथा कलाकारहरु ५ जनालाई सम्मन गरिएको हो । 

सम्मानित हुनेहरुमा जेष्ठ नागरिक सदस्य कृष्ण प्रसाद सत्याल,समिला सत्याल रहेका छन् भने कलाकार तथा गायकहरु नितिन गजुरेल,सुनिता कट्वाल,रेमन मगरलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मानित गरिएको छ । vlcsnap-2025-05-11-15h23m36s145

उक्त कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद लेखनाथ घिमिरेले, सेवा निवृत्त कर्मचारीहरू राष्ट्र निर्माणको आधारशिला रहेको उल्लेख गर्दै तिनको अनुभव र योगदानको उचित उपयोग गर्न सक्नुपर्ने धारणा व्यक्त गरे  ।

कार्यक्रममा नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघका सचिव राजु गौतमले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

प्रतिवेदनमा संघले विगतको वर्षको गतिविधि, आर्थिक विवरण, सदस्यता वृद्घि, सामाजिक सहकार्यका कार्यक्रम, चुनौती र आगामी योजनाहरू समावेश गरिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । vlcsnap-2025-05-11-15h24m13s007

सोही अवसरमा सचिव गौतमले सेवा निवृत्त कर्मचारीहरूलाई उपेक्षागरेको भन्दै राज्यलाई ध्यनाकाषर्ण पत्र पठाएको भएपनी सुनुवाइ नगरेको बताए । 

राज्य समक्ष माग गरिएको प्रस्तावहरुः, आरक्षण कोटाको व्यवस्था,सबै राष्ट्र सेवक कर्मचारीहरुको सामाजिक सुरक्षा भत्ता पाउने उमेर पुगेपछि सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था, श्रीमानको देहवसानपछि एकल महिला भत्ता सेवा निवृत्त कर्मचारीको परिवारलाई पनि निःस्वार्थ पाउने व्यवस्थ ,पेन्सन खाइरहेका सेवा निवृत्त कर्मचारीहरुलाई एक महिना बराबरको औषधि उपचार खर्चको व्यवस्था 

७० वर्ष उमेर पुगेका सेवा निवृत्त कर्मचारीहरुको पेन्सनमा निश्चित प्रतिशत थप गर्ने व्यवस्था , वडा स्तरमा निवृत्त कर्मचारी संघ निर्माण लगायतको मागहरु केन्द्र मार्फत बुझाएको पनी कार्यक्रममा प्रष्ट पारेका थिए । 

नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघ इटहरीका अध्यक्ष कृष्ण प्रसाद नेपालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघ केन्द्रिय अध्यक्ष महिन्द्र तामाङ, उपाध्यक्ष हेमलाल भट्ट,केन्द्रिय सदस्य हेमन्त गौतम,सल्लाहाकार प्रा.डा बद्रीविशार पोख्रेल लगायतको सहभागिता रहेको थियो ।