इटहरी । निर्वाचन प्रकृयाका विषयमा विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यासका रुपमा क्याप्टेन तथा भाइस क्याप्टेन छान्दै आएको सुनसरीको इटहरीमा रहेको विश्व आदर्श स्कुलले यस वर्ष पनि निर्वाचन गरेको  छ ।

    विद्यार्थी अवस्थामै निर्वाचनका सबै प्रकृयाहरुको जानकारी गराउने उद्धेश्य सहित विश्व आदर्श स्कुलले विद्यालयमा क्याप्टेन, भाइस क्याप्टेन,स्पोटर्स,डिसिप्लीन,हाउस क्याप्टेन, भाइस क्याप्टेन लगायतमा छात्र,छात्राहरु बाट २८ जना प्रतिनिधीहरु छान्दै निर्वाचन सम्पन्न गरेको  हो ।

राष्ट्रिय स्तरमा हुने चुनाबहरु हुन्छ त्यो कसरी गराइन्छ भनेर जानकारी गराउने उदेश्यले स्कुलको प्रयोगात्मक अभ्यास गराउदै कक्षा ४ देखि १० सम्म ७५० विद्याथीहरु लार्ई सहभागि गराएर हाउस वाइज र स्कुल काउन्सीलका लागी चुनावी प्रक्रृया बाट छान्नका लागी गरिएको विश्व आदर्श स्कुलका शिक्षक तथा निर्वाचन अधिकृत  प्रदिप बरुवालले बताए  । WhatsApp Image 2025-05-08 at 16.22.34

  सामाजिक शिक्षा अन्तरर्गत विद्यार्थीको नेतृत्व विकासका लागि चुनावी प्रकृयाहरु विगत देखिनै निर्वाचनबाट स्कुलमा क्याप्टेन र भाइस क्याप्टेन लगायतका छनौट गरिदै आएको स्कुलका भाइस प्रिन्सिपल मोहन प्रसाद निरौलेले जनकारी दिए ।

निर्वाचन प्रकृयाका लागि नेत्रृत्व चयन, नमिनेशन,मौन अवधी प्रक्रृया पुरा गरि उमेदवार रहेका विद्यार्थीहरुले मतदाता विद्यार्थीहरुसंग मत माग्ने , लाइनमा वसेर मतदान गर्ने लगायतका निर्वाचन प्रकृयामा पुरा गरी चुनाव सम्पन्न गरिएको छ ।WhatsApp Image 2025-05-08 at 16.22.36

स्कुलमा हाल पिजी देखि कक्षा १० सम्म १२ सय ३५ विद्यार्थीहरु अध्यानरत रहेको विद्यालयले विद्यार्थीहरुको क्षमता अभिबृदी गर्न विभिन्न अतिरिक्त क्रियाकलापहरु गर्दै आएको छ।