इटहरी । मोरङको सुन्दरहरैंचा ५ स्थित धार्मीक पर्यटकीय स्थल नयाँ वृन्दावन गौशालामा शनीबार बिहान शिवालय मन्दिरमा मुर्ती स्थापना एवम प्राणप्रतिष्ठा र समाजसेवी राम प्रसाद काफ्लेको जिवन कथामा आधारित सेवाका सारथी पुस्तक बिमोचन गरिएको छ । 

कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले पुस्तकको बिमोचन गरेका हुन भने पण्डीत भवानी शंकर निरौलाको हातबाट शिवालय मन्दिरमा भगवान शिवको मुर्ती राखेर प्राणप्रतिष्ठा सम्पन्न गरि गरिएको हो । 

यो संगै शनीबार देखि गौशाला परिसरमा भगवान शिवको मन्दिरमा भक्तजनहरूको लागि खुल्ला गरिएको छ ।

 पुस्तक विमोचन समारोहका प्रमुख अतिथी मुख्यमन्त्री हिकमत कुमार कार्कीले वृन्दा वन गौशालाको प्रवर्दनको निमित्त कोशी सरकारले बिभिन्न योजनाहरू ल्याइसकेको उल्लेख गर्दै लेखक काफ्लेद्धारा लिखित पुस्तकको  विषयमा चर्चा गरेका थिए । WhatsApp Image 2025-05-03 at 18.33.28

कार्यक्रममा राधेश्याम सेवा ट्रष्ट नयाँ वृन्दावन गौशालाका संस्थापक संरक्षक महामण्डलेश्वर  दिनवन्धु शास्त्रीले पुस्तक लेखक काफ्लेको बारेमा खुलेर प्रसंशा गरे । 

उनले वृन्दावन आफु एक्लैको आटले निर्माण नभइ काफ्ले परिवारको पनि महत्वपुर्ण देन रहेको उल्लेख गरे । 

सोही अवसरमा रामबहादुर काफ्लेले शिक्षा तथा सामाजिक क्षेत्रमा गरेको गरेको योगदान मुल्यकंन गर्दै सम्मानपत्रले सम्मान गरिएको छ । 

कोशी प्रदेशका पूर्व राज्यमन्त्री राजकुमार ओझाले सुकुना क्यम्पस स्थापना र सुन्दरहरैचाको बिकाशका निमित्त काफ्लेले खेलेको भुमिका सराहनीय रहेको उल्लेख गरे । WhatsApp Image 2025-05-03 at 17.37.16 1

सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदार गुरागाँइले काफ्लेको पुस्तक सेवाका सारथीले उनको जिवनीबारे थप बुज्ने अवसर प्राप्त गरेको जुन आफुलाइ थप उर्जा प्राप्त भएको उल्लेख गरे । 

गंगादेवी काफ्लेको प्रकाशन रहेको पुस्तकको सम्पादक अनिल पौडेल रहेका छन भने ब्यवस्थापन नयाँ वृन्दावन गौशालाले गरेको २१२ पृष्ठको पुस्तक विक्री भएको गौशालाको सहयोगार्थ रहने आयोजकले जानकारी दिए । WhatsApp Image 2025-05-03 at 18.33.25

गंगादेवी काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्रध्यापक डाक्टर टंकप्रसाद न्यौपाने,समालोचक अमृत प्रसाद आचार्य,बरिष्ठ शिक्षाविद लेखनाथ घिमिरे लगायतको सहभागिता रहेको थियो ।