सुन्दरहरैचा । धार्मिक पर्यटकीय क्षेत्रका रुपमा पहिचान वनाउदै आएको ऐतिहासिक धार्मिक महत्व वोकेको वृद्धगंगा नदी किनारा मोरगंको सुन्दरहरैचामा रहेको नयाँ वृन्दावन गौशालामा शिवालय मन्दिरको प्राणप्रतिष्ठाका लागि धार्मिक अनुष्ठानहरु गरिदै आएको छ ।

    आगामी शनिवार शिवालय मन्दिरमा भगवानको प्राणप्रतिष्ठा गर्ने पुर्व निधारित कार्यक्रम अनुसार पुजाअचर्ना सहित भजनकिर्तन लगायतका धार्मिक गतिविधिहरु गरिदै आएको हो ।

   मोरगंको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५मा रहेको राधेश्याम सेवा ट्रष्ट,नयाँ वृन्दावन गौशालामा  राधाकृष्णको मन्दिर , गोत्र अनुसारका ऋषिहरु, विश्वकै अग्लो गाईको प्रतिमा ,गौशाला लगायत यस अघि देखिनै रहेका छन । 

धार्मिक पर्यटकीय क्षेत्रका रुपमा पछिल्लो समयमा विकसीत हुदै आएको नयाँ वृन्दावन गौशालामा शिवालय समेत निमार्ण गरि भगवानको प्राणप्रतिष्ठा गराउने तयारी गरिदै आएको छ । पुर्जा अचर्ना लगायतका धार्मिक कार्यहरु तीन दिन सम्म गरेर शनिवार प्राणप्रतिष्ठा गर्ने गरी धार्मिक कार्यक्रमहरु भई रहेको गौशालाका संरक्षक महामण्डलेश्वर दिनवन्धु शास्त्रीले जानकारी दिए । WhatsApp Image 2025-05-01 at 18.04.46

धार्मिक विधि अनुसार शिवालयको प्राणप्रतिष्ठा पंडित भवानीशंकर निरौलाले गर्ने गरि पुजा अर्चना पंडित निरौलाले पुजाअर्चना गराउदै आएका छन । 

त्यसैगरी वैशाख २० गते प्राणप्रतिष्ठा संगै वृन्दावन गौशालाकी अध्यक्ष गङ्गादेवी काफ्लेले प्रकाशन गरेको सेवाका सारथी नामक पुस्तकको पनी लोकार्पण गरिने शास्त्रीले जानकारी दिए । 

पुर्वी नेपालमा धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास हुदै आएको नयाँ वृन्दावन गौशालामा पछिल्ला दिनहरुमा देशका विभिन्न ठाउँहरुका साथै भारतीय लगायतका पर्यटकहरु समेत आउने गरेका छन ।