इटहरी । आज अक्षय तृतिया हिन्दु धर्मालवम्बीहरुले सातु तथा सर्वत वितरण गर्दा पुन्य मिल्ने विश्वास गर्ने दिन यही अवसर पारेर सुनसरीको इटहरीमा सातु तथा सर्वत वितरण गरिएको छ ।

वसन्त ऋतुको उष्णतामा शरीरलाई स्वस्थ राख्नको लागि प्राचीन कालदेखि खाने गरिएको जौको सातु र सर्वत पानी दान गरी यो पर्व मनाइँने गरिन्छ ।

यसै बिच सुनसरीकाे इटहरीमा पनि श्री कृष्ण मंगल मानव ट्रष्ट नेपाल अन्तरगत शाखा श्री कृष्ण महिला सेवा संघ इटहरीले पनि सर्व साधारणहरूलाइ जाैकाे सातु र बिभिन्न औषधीय गुण मिश्रण गरि बनाइएकाे सर्वत बितरण गरेर मनाएकाे छ । 

 इटहरी शाखाले इटहरी उपमहानगरपालिका वडा नम्वर ५ हलगडा चोकमा पैदल यात्री ,सिटी सफारी चालक लगायतलाई सातु तथा सर्वत वितरण गरेर अक्षय तृतिया मनाएको हो ।

   वैशाख शुक्ल तृतियाका दिनलाई अक्षय तृतिया भन्ने गरिन्छ ।WhatsApp Image 2025-04-30 at 16.17.55 (1)

अक्षय तृतियाका दिन सातु र सर्वत वितरण गर्ने संस्कार र संस्कृतिलाई नयाँ पुस्तालाई समेत जागरण गर्ने गरी महिलाहरुले गरेको काम प्रशंषा योग्य रहेको इटहरी उपमहानगरपालिका वडा नम्बर १का वडाध्यक्ष रतन कार्कीले वताए ।

 पुर्वी तराईमा  वैशाख महिनाको सुरुवात देखि नै गर्मी सुरु भई सकेको अवस्थामा अक्षय तृतियाको अवसर पारेर श्री कृष्ण महिला सेवा संघ इटहरीले सर्वत सातु वितरण गरेको जनाइयो ।WhatsApp Image 2025-04-30 at 16.17.53

संघकी अध्यक्ष राधा उपाध्यायले वैशाख महिनामा पानी वितरण गर्नु पुन्य कार्य हुने विश्वासका साथ सेवा गरिएको वताइन ।

 पुर्वी तराईका  बजार क्षेत्रहरुमा अक्षय तृतियाका दिनवाट सर्वत तथा पानी निशुल्क रुपमा पैदल यात्री लगायतलाई लक्षित गरी वितरण गर्ने गरिन्छ ।