सुन्दरहरैचा । मोरङको सुन्दरहरैंचा नगरपालिका ५ स्थित राधेश्याम सेवा ट्रष्ट नयाँ वृन्दावन गौशालामा शिवालय मन्दिरको प्राणप्रतिष्ठा र समाजसेवी रामप्रसाद काफ्लेको जिवनीमा आधारित पुस्तक “सेवाका सारथीको लोकार्पण कार्यक्रम हुने भएको छ ।
मंगलबार गौशालामा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले कार्यक्रमका उद्देश्यका विषयमा जानकारी दिएका हुन् ।
सम्मेलनमा बोल्दै गौशालाका संस्थापक संरक्षक दिनबन्धु शास्त्रीले गौशाला परिसरमा नव निर्मित शिवालय मन्दिरमा भगवानको प्राण प्रतिष्ठा यही वैशाख १८, १९, र २० गते पंडित भवानीशंकर निरौलाको करकमलबाट हुने जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा संस्थापक संरक्षक शास्त्रीले बिगतमा यो ठाउ हेर्न पनि डराउथे तर आज दैनिक १ हजार देखि २५ सय सम्म पर्यटकहरू आउने गरेका छन ।
यसले धार्मिक पर्यटन क्षेत्रमा लामो फडको मारेको छ । जस्तै गाइहरू संग जोडिएका विषय , धार्मिक आस्था बोकेका बिभिन्न मठ मन्दिर , विश्वकै ठुलो गाँइको प्रतिमा लगायतले धार्मिक पर्यटकहरुको आगमन बढ्दै गएको बताए ।
त्यसैगरी,राधेश्याम सेवा ट्रष्ट, वृन्दावन गौशालाकी अध्यक्ष गङ्गादेवी काफ्लेले प्रकाशन गरेको सेवाका सारथी नामक पुस्तकको लोकार्पण वैशाख २० गते गरिने जानकारी दिइयो ।
कार्यक्रम सँगै अर्काे ऐतिहासिक योजना पनि तयारी चरणमा रहेको जानकारी दिइएको छ ।
नेपाल ज्योतिष परिषद् कोशी प्रदेशको सहकार्यमा विज्ञान गृह स्थापना गरी संचालनमा ल्याउने तयारी भइरहेको पनी शास्त्रीले बताए ।
प्रकासित पुस्तकमा काफ्लेको जीवन, संघर्ष, शिक्षा र सेवामा आधारित यस कृतिले नेपाली शिक्षा क्षेत्रमा प्रेरणादायी योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।




















