इटहरी । सरस्वती प्रसाद दुर्गादेवी रिजाल प्रतिष्ठानले एक कार्यक्रमको आयोजना  गरि राष्ट्रिय पुरस्कार २०८२ बाट प्रसिद्ध समालोचक तथा अनुसन्धाता प्राध्यपक डाक्टर दयाराम श्रेष्ठ  र प्रतिभा पुरस्कार बाट  वास्तुविद् सम्पदा, संरक्षणकर्मी रविन्द्र पुरीलाई  नगद सहित सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

ऋषिका ब्याङ्केटमा भएको सरस्वती प्रसाद दुर्गादेवी रिजाल प्रतिष्ठानले आयोजना गरेको सम्मान कार्यक्रममा प्राध्यपक डाक्टर दयाराम श्रेष्ठले नेपाली साहित्यका विभिन्न पक्षहरूमा गहिरो अध्ययन र समालोचना गरेका जसले नविनतम विचारधाराहरूलाई उजागर गर्दै लेखन र अनुसंधानले नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै नगद ५१ हजार एक सय ११ सहित सम्मान पत्रले सम्मान गरेको छ ।WhatsApp Image 2025-04-28 at 17.45.25(1)

त्यस्तै अर्का सम्मानित रविन्द्र पुरीले ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाहरूको अध्ययन गर्दै प्रतिष्ठित सम्पदाको संरक्षण, सुधार तथा प्रवद्र्धन गर्न गरेको योगदानको मुल्यंकद गर्दै पुरीलाई नगद  नगद ५१ हजार एक सय ११ सहित सम्मान पत्रले कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका  प्रदेश प्रमुख प्रर्शुराम खपुङ र प्रतिष्ठानका रिजालपरिवारहरुले सम्माग गरेका थिए ।WhatsApp Image 2025-04-28 at 17.45.20

प्रदेश प्रमुखले यो रिजाल परिवारले प्रतिष्ठान मार्फत श्रष्टाहरु लाई  सम्मान गर्ने कार्य उदारहणिय रहेको र राम्रो काम गर्ने समाजले सम्झनु पर्छ यस्ता कार्यलाइ निरन्तरता दिन आग्रह गर्दै सम्मानित लाई बधाइ ब्यक्त गरे  ।

प्रतिष्ठानले विगतका वर्षमा पनी सामाजिक,कला,साहित्य,शिक्षा लगायतका क्षेत्रमा महत्वपुर्ण योगदान गरेका विशिष्ठ ब्याक्तिहरुलाइ सम्मान तथा अभिनन्दन गर्दै आएको प्रतिष्ठानका महासचिव भैरब प्रसाद रिजालले जानकारी दिए ।  WhatsApp Image 2025-04-28 at 17.45.19

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष विश्व प्रसाद रिजालको अध्यक्षतामा भएको अभिनन्दन तथा सम्मान कार्यक्रममा  पुर्व भुमि सुधार मन्त्री रामकुमार सुब्बा , प्रदेश सभा सदस्य  रोहित कार्की, मिना श्रेष्ठ, जिवन विज्ञान कोशी प्रदेश संयोजक बालिका खड्का भट्टराई र पुरस्कार छनोट समितीका निर्णायक सम्योजक राजु केसी लगायतका रिजाल परिवारका प्रतिनिधिहरु लगायतको  उपस्थिती रहेको थियो