इटहरी । सुनसरी ग्रिल तथा स्टील आल्मुनियम व्यवसायी एकता संघको चौथो साधारण सभा इटहरीमा सम्पन्न गरेको छ ।

इटहरी उद्योग वाणिज्य संघको सभा हलमा भएको साधारण सभामा ग्रिल तथा स्टिल आल्मुनियम व्यवसायीहरूको हक अधिकारका निमित्त बिभिन्न विषयहरूमा  छलफल गरिएको थियो ।

 कार्यक्रममा अधिकांस बक्ताहरूले बजारमा प्रतिस्पर्धाको व्यापार रहेपनि व्यवसायीहरू बिच एकरूपता हुन आवस्यक रहेको उल्लेख गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथी घरेलु तथा साना उद्योग कार्यलय इटहरीका प्रमुख राजन पाण्डेले ग्रिल व्यवसायीहरूको अधिकारका निमित्त स्थापना गरिएको संघले व्यवसायीक हक हित संरक्षणमा जोड दिएर बढ्दै जान आग्रह गरेका थिए ।WhatsApp Image 2025-04-26 at 18.18.53 (1)

कार्यक्रमका अध्यक्ष रमादेव चौधरीले धेरै जसो ब्यसायीहरू दर्ता प्रकृया भन्दा बाहिर गैर कानुनी ढंगले सञ्चालन भइरहेको प्रति ध्यानाकर्षण हुन सम्बन्धित निकायलाइ सुझाव दिएका छन ।

त्यस्तै उनले दोहोरो कर प्रणाली नमान्ने ,स्थानिय सरकारलाइ कर बुझाउन नसक्ने बताए ।WhatsApp Image 2025-04-26 at 18.18.52

स्थानिय सरकारबाट अहिले सम्म कुनै प्रकारको सेवा सुविधा नलिएको बताउदै समस्या पर्दा भाग्ने लाइ कर नबुझाउने अध्यक्ष चौधरीले उदघोष गरे ।

कार्यक्रममा इटहरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विष्णु डाँगी , हनुमान स्टिल सप्लायर्सका सञ्चालक गोपाल तिम्सिना , गोपाल मेटलइन्डस्ट्रिज प्राली.का कृष्ण कोइराला ,सुनसरी  ग्रिल तथा स्टील आल्मुनियम व्यवसायी एकता संघ सुनसरी सचिव दिपेश बराइली लगायतले सुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा संघले जारी गरेको नयाँ वर्ष २०८२ को भित्ते पात्रो समेत सार्वजनिक गरेको थियो ।