इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई ढुक्क भएर मिसन २०८४ मा लाग्नु आग्रह गरेका छन्। बिहीबार एमालेले आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रममा सरकारबारे धेरै चिन्ता नलिन र मिसन ०८४ मा लाग्न आग्रह गरे।
‘सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन, चुनवाको बारेमा चिन्ता गर्नुपर्दछ,’ ओलीले भने, ‘नेकपा एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ। हामीले मिसन २०८४ भनेका छौँ। म साथीहरुलाई आग्रह गर्न चाहान्छु- ढुक्कले मिसन २०८४ मा लाग्नुहोस्।’
उनले थपे, ‘सरकार चलाउने, सरकारको नेतृत्व गर्ने जे गर्नुपर्छ यहाँ, सकेसम्म एमालेले गर्नेछ। यस कुरामा चिन्ता नगर्नुहोस्। मिसन २०८४ मा लाग्नुहोस्।’