इटहरी । सुनसरीको इटहरीमा नेपाल तरूण दल नगर कमिटीले सोमबार पाँचौ नगर अधिवेसन सम्पन्न गरेको छ । 

इटहरी स्थित रहेको रिजाल्स भिजन पाटी प्यालेसमा भएको अधिवेसनले अनिस सुवेदिको नेतृत्वमा १९ सदस्य नयाँ कार्य समिती चयन गरेको छ ।

समितीको उपाध्यक्षमा मनिस चौधरी,सचिवमा सविन निरौला र सहसचिवमा बिक्रम चौधरी ,कोषाध्यक्षमा स्मारिका सुवेदी  सर्वसम्मत चयन भएका छन भने सदस्यहरूमा सदस्यहरुमा आशुराम चौधरी , बिपिन चौधरी ,उत्सब झा ,सेवाज खान ,मुन्ना खान ,जय कुमार चौधरी ,रोहन श्रेष्ठ,गणेश चौधरी ,सुमन चौधरी, बिशु चौधरी ,सुर्य गुरुङ , बिश्वास चौधरी ,उमेश कोइराला ,बिबेक चौधरी    सर्वसम्मत चयन भएका हुन ।

नेपाल तरूण दल सुनसरीका संस्थापक अध्यक्ष जिवन विष्टको प्रमुख अतिथ्यमा सम्पन्न अधिवेशनले प्रदेश सभा समिती अन्तरगत क्षेत्र नम्बर २ क समितीको पनि नयाँ कमिटी गठन गरेको छ ।

 जस अन्तरगत अध्यक्षमा विवश विष्ट , उपाध्यक्ष नविन तामाङ ,सचिव विशाल क्षेत्री ,सहसचिव सालुम मगर , कोषाध्यक्ष हर्ष सुवेदी  रहेका छन ।

 त्यस्तै सदस्यहरुमा अप्सन श्रेष्ठ,निसान क्षेत्री,विवश पुरी ,रितेस गुरूङ ,र सिद्धार्थ तामाङ चयन भएका छन । WhatsApp Image 2025-04-21 at 18.54.34

कार्यक्रमलाइ सम्वोधन गर्दै नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरङले तरुण दलले भ्रष्टाचारको विरुद्धमा अन्यय र अत्यचाका विरुद्धमा लड्नका लागी स्थापना गरिएको बताए ।

उनले तरुण दलले युवाहरूलाई एकजुट गर्न र अगाडि ल्याउने प्रयास गर्दै विपद्को समयमा पनि तरुण दलका युवाहरू सक्रिय रूपमा अग्रस्थानमा रहेर समाजमा परिवर्तन ल्याउन र लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे । WhatsApp Image 2025-04-21 at 17.46.18

नेपाल तरूण दल सुनसरीका संस्थापक अध्यक्ष जीवन विष्टले कार्यक्रममा प्रमुख अतिथिको रूपमा आफ्नो मन्तव्य राख्दै तरुण दल केवल कांग्रेसको भातृ संगठन मात्र होइन, यो लोकतान्त्रिक आन्दोलनपछि स्थापित एक महत्वपूर्ण संस्था हो । उनले तरुण दलको बेग्लै पहिचान र भूमिकाको महत्त्वलाई उल्लेख गर्दै, यस संस्थाले लोकतन्त्र र समाजको विकासमा ठूलो योगदान पुर्याएको बताए ।

विष्टले तरुण दलका युवाहरूको सक्रियता र प्रतिबद्धतालाई पनि प्रसंसा गर्दै, युवाहरूलाई प्रगति र सकारात्मक परिवर्तन तर्फ लाग्न प्रेरित गरे ।

 उनले युवाहरूलाई एकजुट गरेर समाजका विभिन्न चुनौतीहरूका विरुद्धमा उभिन र लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्न आवश्यक रहेको बताए । 

नेपाल तरुण दल इटहरीको पाँचौं अधिवेशनको अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जीवन विष्टले नेतृत्वमा रही विभिन्न भूमिकामा गरेको सफल र कुशल नेतृत्वको उच्च मूल्याङ्कन गर्दै इटहरी नगर कमिटीले सम्मान पत्रले  सम्मान गरेको छ । WhatsApp Image 2025-04-21 at 17.46.17 (1)

अधिवेशन दान बहादुर राईको अध्यक्षता तथा दिलकुमार राईको संयोजनमा भएको कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय पार्सद सुबोध घिमिरे,जिलला सहसचिव ओम गौतम,लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष कालुमान राई,गोपाल, नेपाल तरुण दल जिल्ला प्रतिनिधी दिब्यराज गुरुङ लगायतको सहभागिता रहेको थियो ।