ईटहरी । ड्राइभिङ्ग स्कुल संघ नेपाल, कोशी प्रदेशको दोश्रो अधिवेशन तथा पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
मोरङको सुन्दरहरैचा–४ स्थित सिग्देल बन्धु प्रतिष्ठानको सामुदायिक भवनमा भएको दोश्रो अधिवेशनले शिव श्रेष्ठको अध्यक्षतामा १३ सदस्य ड्राईभिङ संघ नेपाल कोशी प्रदेशको कार्य समिति सर्वसम्वत् चयन गरेको हो ।
यसै गरी उपाध्यक्षमा योगेन्द्र पोख्रेल र साधुराम थापा, सचिव भुपेन्द्र बहादुर थापा, सहसचिव अन्नत घिमिरे, कोषाध्यक्ष विकास राई साथै सदस्यहरूमा अर्जुन पनेरू, सुमित्रा चौधरी, पर्सुराम निरौला, वसन्त बुढाथोकी, धर्मराज शाही, मिन कुमार खवास, बुद्द राई लाई चयन गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्रि रेवतीरमण भण्डारीले यातायात कार्यलयबाट सेवाग्राहीहरुले धेरै झन्झटिलो नियमले दुख खेप्दै आएको हुदा अब भने ट्रायल फेल भएमा विगतका दिनमा तीनमहिना पर्खनु पर्ने प्रावधानलाई साता दिनमै पुन ट्रायल दिन पाउने व्यावस्था गरेको बताए ।
यसका साथै सोमबारबाटै लागु हुने गरी अनलाईनबाटै राजस्व जम्मा गर्न सकिने निर्णय भईसकेकोले राजस्व जम्मा गर्न बैकमा लाईन लाग्नु पर्ने बाध्यताको अन्त्य भएको मन्त्री भण्डारीले बताए ।
साही कार्यक्रमको अवसरमा लामो समयदेखि ड्राईभिङ क्षेत्रमा आवद्द रहि उत्कृष्ट काम गरेको भन्दै भन्दै सवारी चालक नारायण प्रधान र पुराना व्यावसायीहरू खगेन्द्र कार्की, कर्णबहादुर रायामाझी र यातायात कार्यालयका अधिकृत रमेश दाहाललाई प्रमुख अतिथि, अतिथि लगायतले दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेका थिए ।
बाबुराम प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्वराज्यमन्त्री राजकुमार ओझा, प्रदेश सांसद अमृत अर्याल, सपना परियार,नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापती दिनेश भट्टराई,ड्राइभिङ्ग स्कुल संघका केन्द्रिय अध्यक्ष राजकुमार गुरुङ,केन्द्रिय सचिव गोविन्द ढकाल,ट्राफिक कार्यलयका प्रहरी नायव उपरिक्षक रामेश्वर त्वाती लगायतले बोलेका थिए ।