इटहरी । अपांगता भएकाहरुलाई लक्षित गरी सहज रुपमा हिडडुलका लागि सहयोग पुगोस भनेर स्पाइनल इञ्जुरी संघ कोशी प्रदेशले व्हीलचियर वितरण अभियान सुरु गरेको छ ।
हिडडुलका लागि सहयोगी सामाग्रीका रुपमा अपांगता भएकाहरुका लागि स्थानीय तथा प्रदेस सरकारसंग समन्वय गरेर व्हीलचियर वितरण कार्य थालनी गरिएको हो ।
सुनसरीको इटहरीमा रहेको पुर्वाञ्चल अपांग र असहाय वृद्धा सेवा केन्द्रको हलमा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यमा स्पाइनल इञ्जुरी संघ कोशी प्रदेशले व्हीलचियर वितरण अभियान अन्तरगत अपागता भएकाहरुलाई व्हीलचियर वितरण गरियो । प्रदेशमा धेरै अपांगता भएका मानिसहरुलाई व्हीलचियर वितरण गर्नु पर्ने अवस्था रहेको भएपनि सुरुवाती चरण २सय ५०जनालाई वितरण गर्न लागिएको स्पाइनल इञ्जुरी संघ कोशी प्रदेशका अध्यक्ष विक्रम घिमीरेले जानकारी दिए ।
जोनी एण्ड फ्रेण्डर्स अमेरिकाको सहयोगमा सुन्दरढोका साथीसेवा र करुणा फाउण्डेशनको समन्वयमा स्पाइनल इञ्जुरी संघ कोशी प्रदेशले यही वैशाखको ६ गते सम्म २सय ५० व्हीलचियर वितरण गर्ने गरि अभियान सुरु गरेको जनाइयो । जोनी एण्ड फ्रेण्डर्स अमेरिकाको प्राविधिक टोली स्थलगत रुपमै आएर अपांगता भएकाहरु शारिरिक वनावट अनुसारकै व्हीलचियर वनाएर उपलव्ध गराइएका कारण व्हीलचियर पाउनेहरु सहज भएको वताउछन । पहिलो चरणमा व्हीलचियर पाउने सुनसरीका ध्रुवकुमार चौधरीले विगतमा आफुले प्रयोग गर्दै आएको व्हीलचियर भन्दा अहिलेको सजिलो भएको वताउछन ।
व्हीलचियर वितरण कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका १सय ३७वटै पालिकामा अपागं सहयता तथा पुनस्थापना केन्द्र सञ्चालन गरिदै आएको जानकारी गराए ।
मुख्यमन्त्री कार्कीले सो केन्द्रहरुमा हाल १सय २६जना अपांगता भएकाहरुले रोजगारी पाएको वताउदै प्रदेश सरकारले आगामी दिनहरुमा पनि अपांगता भएकाहरुका लागि विभिन्न सिपमुलक कार्यक्रमहरु ल्याएर अपांगता भएकाहरुलाई रोजगार प्रवद्र्धन गर्ने समेत योजना रहेको समेत जानकारी गराए ।
सोही कार्यक्रमका अवसरमा मुख्यमन्त्री कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीलाई पुर्वाञ्चल अपांग असहाय वृद्धा सेवा केन्द्रको तर्फबाट आफनो अधुरो रहेको भवन अपांग मैत्री रयाम्प सहितको वनाएर पुरा गरिदिन आग्रह सहितको ज्ञापन पत्र वुझाइयो ।
केन्द्रकी अध्यक्ष तृप्ता मगर लगायतले मुख्यमन्त्री कार्कीलाई ज्ञापन पत्र वुझाएका हुन । व्हीलचियर वितरण कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर १का वडाध्यक्ष रतन कार्की , पुर्वाञ्चल अपांग वालवालिका पुनरस्थापना केन्द्र इटहरीका अध्यक्ष दिनेश रसाइली , अपांग महिला चेलीवेटी संघकी अध्यक्ष दिलकुमारी राई लगायतको आतिथ्य रहेको थियो ।