बेलबारी । नयाँ वर्ष २०८२को अवसर पारेर मोरगंको बेलबारी नगरपालिका वडा नम्बर ४ इमानसिंह चोकमा पहिलो पटक सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

   स्मृति फुटवल युवा समुह बेलबारी ४ को आयोजनामा इमानसिंह चोकमा पहिलो पटक नयाँ वर्ष विशेष कार्याक्रम आयोजना गरिएको हो । 

ख्याती प्राप्त हाँस्य कलाकार उमेश राई फुलन्देको आमा लगायतको प्रस्तुति रहेको कार्यक्रममा राईले विभिन्न हाँस्य प्रस्तुतिहरुवाट दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । त्यसैगरी स्थानीय हाँस्य कलाकार विक्रम धिमालले क्यारिकेचर लगायतका प्रस्तुति गरेर दर्शकहरुलाई मनोरञ्जन गराएका थिए । 

सो कार्यक्रममा बेलबारीको स्थानीय व्याण्ड द्रव्य व्याण्डका कलाकारहरुको प्रस्तुतिले  दर्शकहरु लाई नचाएको थियो । WhatsApp Image 2025-04-15 at 17.38.10

स्मृति फुटवल युवा समुहका अध्यक्ष इन्द्रवहादुर राईको अध्यक्षता तथा बेलबारी नगरपालिका उपप्रमुख नितु थापा कोइरालाको प्रम्ुख आतिथ्यमा भएको कार्यक्रममा समुहलाई विभिन्न समयमा सहयोग गरेको भन्दै स्थानीय समाजसेवीहरु पुर्व प्रधानपञ्च असित राई , पुर्व वडा सदस्यद्धय चन्द्रकुमार मंग्राति ,चन्द्र लिमखिम लिम्बु र द्रव्य व्याण्डका गायक टिकाहाङ्ग राईलाई कार्यक्रमको अवसरमा सम्मान गरिएको थियो । 

कार्यक्रममा वोल्दै प्रमुख अतिथी उपप्रमुख कोइरालाले युवाहरुले खेलकुदका साथै आयोजना गर्ने यस प्रकारका कार्यक्रमहरुले युवाहरुमा सामाजिक विकासमा सहयोग पुर्याउने वताइन । IMG_6852

कार्यक्रमका अध्यक्ष राईले खेलकुदको माध्यम बाट युवाहरु लाई दक्ष बनाउदै अन्तराष्ट्रिय स्तर सम्म प्रतियोगिता गर्दै आएको छ भने आगामी दिनहरुमा पनि खेलकुदका साथै सामाजिक विकासमा योगदान पुग्ने युवा लक्षितकार्यहरु समुहले गर्दै जाने जानकारी गराए ।

 पहिलो पटक स्थानीय स्तरमा आयोजना गरिएको कार्यक्रममा उल्लेखनिय संख्यामा दर्शकहरुको सहभागिता रहेको थियो । 

उद्घाटन कार्यक्रममा इमानसिंह स्मृति टोल विकास संस्थाका अध्यक्ष, जीतकुमार राई,बेलाबरी सफारी संघका अध्यक्ष, सन्तोष तामाङ,राष्ट्रिय भूमी अधिकार मञ्च मोरङकी अध्यक्ष, उषा तामाङ लगायतको सहभागिता रहेको थियो