विराटनगर । बालबालिकाका सवालहरुमा सरकार, सरोकार वाला निकायहरुलाई जिम्मेवार बनाउने, प्रदेश संसद तथा संसदीय समितिहरुमा बालबालिकाहरुको सवालहरुलाई प्राथमिकतामा राख्न पहल गर्ने र कानुन निर्माण प्रक्रियामा बालबालिकाको सवालहरुलाई व्यवस्थित रुपमा उठान गर्ने उद्देश्यले कोशी प्रदेशमा बालअधिकारका लागि प्रादेशिक संसदीय मञ्च गठन गरिएको छ ।

कोशी प्रदेश सांसद मालतीकुमारी लिम्बुको संयोकत्वमा गठन भएको संसदीय मञ्चमा ९ जना सांसदहरु रहेका छन ।IMG_20250406_212622

कोशी प्रदेश सभाका  उप सभामुख श्रृजना दनुवारको प्रमुख आतिथ्य र प्रतिनिधिसभाका सांसदहरु सिता कुमारी राना, ईश्वरी घर्ती मगर र कल्पना मियाँको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

संसदीय मञ्चले बाल अधिकारको प्रवद्र्धनमा नीतिगत सिफारिस देखि लिएर स्थानीय तहसम्म अनुगमनको भूमिका निर्वाह गर्ने तथा प्रदेशस्तरमा बाल अधिकारको अवस्था सुधारमा सहयोग पुग्ने छ ।

गठन कार्यक्रममा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानकी अध्यक्ष मीना शर्मा र भ्वाईस अफ चिल्डे«नका उप निर्देशक राजु घिमिरेले सहजिकरण गरिएको कार्यक्रममा प्रदेश सभाका सांसदहरु र सहजिकरण गर्ने संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।