इटहरी । श्रमिक महिला साझा मञ्च इटहरीले मनोरञ्जनका क्षेत्रका कार्यरत महिला तथा किशोरीहरुका लागि सञ्चालित दुई वर्षे  परियोजना सम्पन्न भएको छ ।

युनाइटेडनेशन डेमोक्रेसी फाउण्डको आर्थिक सहयोग तथा महिलाका निम्ती महिला मञ्चको साझेदारी र विभिन्न सस्थाको सहयोगमा मनोरञ्जनका क्षेत्रका कार्यरत महिला तथा किशोरीहरुका लागि विभिन्न कार्यक्रमहरु संचालन गरेको थियो । 

      सुनसरी , मोरगं र झापाका विभिन्न पालिकाहरुमा मनोरञ्जनका क्षेत्रमा कार्यरत महिलाहरुका हक अधिकार, आर्य आर्जन , क्षमता अभिवृद्धि लगायतलाई प्राथमिकतामा राखेर सन्२०२३ मार्च देखि सञ्चालित परियोजना यही २०२५फेव्रेरी देखि समापन भएको हो ।WhatsApp Image 2025-04-01 at 08.35.37

    मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिला तथा किशोरीहरुलाई लक्षित गरी दुईं वर्ष सम्म सञ्चालन गरिएको कार्यक्रमहरुको समिक्षा सहित समापन गरियो ।

 इटहरीमा एक औपचारिक कार्यक्रम गरी परियोजना समापन भएको जानकारी गराइयो । WhatsApp Image 2025-04-01 at 08.35.38

श्रमिक महिला साझा मञ्चले मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलाहरुलाई आत्मनिर्भरताका लागि विभिन्न सिपमुलक तालिम सञ्चालन , हक अधिकारका स्थापित गर्ने कार्यमा सहजिकरण गर्ने लगायतका कामलाई प्राथमिकतामा राखेर काम गर्दै आएको थियो । आफनो कार्यक्षेत्रमा रहेका मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलाहरुको पहिचान गरी परियोजनाले सञ्चालन गरेका गतिविधिहरुमा सहभागिता गराउदै होटल ब्यवसायी संघ,उद्योग वाणिज्य संघ,इलाका प्रहरी कार्यलय लगायतका संघ,सस्थाहरु संग अन्तरक्रिया,छलफल,तालिम लगायतका कार्यक्रमहरु संचालन गरिएको श्रमिक महिला साझा मञ्चकी परिचालिका संगिता राजवंशीले जानकारी दिइन ।WhatsApp Image 2025-04-01 at 08.35.36

 परियोजना समापनका विषयमा जानकारी गराउन आयोजना गरिएको कार्यक्रममा झापा ,मोरगं र सुनसरीमा मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिला तथा किशोरीहरुको संख्या २३सय बढी रहेको जानकारी समेत गराइयो । 

कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस प्रकारको कार्यक्रम पुन सञ्चालन गरिनु पर्नेमा जोड दिएका थिए ।