इटहरी । विश्व अटिजम दिवशको अवसर पारेर बुधबार सुनसरीको इटहरीमा सचेतना र्याली गरिएको छ । अभानेस चायल्ड केयर सेन्टर र भिन्न प्रतिभा विशेष बिद्यालय इटहरीको संयुक्त आयोजनामा सो र्याली सम्पन्न भएको हो ।
बालबालिकाहरूको हकमा आधरित बिभिन्न सचेतनामुलक पलेकार्डहरू बोकेर नगर परिक्रमा गर्दै अटिजम दिवश मनाइएको हो । वसपाक बाट सुरू भएको र्यालीले इटहरीको बिपि चौक , गोल्डेन चौक हुदै मुख्य चौक परिक्रमा गरी समापन गरिउको थियो ।
र्यालीमा इटहरिका बिभिन्न सामाजिक ब्याक्तित्व , बिद्यालयका बालबालिका लगायत संस्थाका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो । अटिजम स्पेन्ट्रम डिसअर्डर रोग नभई एउटा अवस्था हो भनेर समुदायमा सचेतना फैलाउँदै अटिजम भएका व्यक्तिका अभिभावक सहितको ¥यालीले सचेतना फैलाउँदै यो दिवस मनाइएको आयोजक संस्था अभानेस चायल्ड केयर सेन्टरकि सञ्चालिका सरिता खतिवडाले बताइन ।
समुदायमा अटिजमको विषयमा चेतना नहुँदा अटिजम प्रभावितहरू उपचारको दायरामा नआएको सञ्चालिका खतिवडाको भनाइ छ । समुदायमा अटिजमको विषयमा जानकार नहुँदा देवी देउता, कुल लागेको भन्दै हेराउने प्रचलन कायमै रहेको उनको भनाइ छ ।
अटिजम भएको बालबालिकाहरूमा निम्न प्रकारको लक्षणहरू देखिने जस्तै बोल्दै गरेको बालबालिका एक्कासि बोल्न छोड्ने , बोलाउँदा नसुने जस्तो गर्ने, आँखा जुधाएर हेर्न नसक्ने, समूहमा समायोजन हुन नसक्ने, एउटै काम दोहोराएर गर्ने जस्ता लक्षणहरू देखा पर्ने केयर सेन्टरकी खतिवडाले बताइन । त्यस्ता सङ्केत देखा परेमा धामि झाक्रिकहा नगइ नजिकको चिकित्सकको परामर्श लिनु पर्ने उनको भनाइ छ ।




















