इटहरी । संसद्को हिउँदे अधिवेशनअन्तर्गत आज (मंगलबार) अन्तिम बैठक बस्दै छ। सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आज (चैत १९ गते) राति १२ बजे हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ। अब हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको अन्तिम बैठक आज बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।
यस्तो छ आजको सम्भावित कार्यसूची:

गत माघ १८ गते सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत सरकारले ल्याएका ५ वटा अध्यादेश दुवै सदनबाट पारित गरेको छ।अब पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम र बजेट ल्याउने प्रयोजनका लागि सरकारले बर्खे अधिवेशन बोलाउनेछ।राष्ट्रिय सभाको बैठक भने चैत २५ गते दिउँसो सवा १ बजेका लागि बोलाइएको भए पनि अब बस्न नसक्ने भएको छ।आजै प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमणमा प्रस्थान गर्दै छन्।




















