इटहरी । अहमदिया मुस्लिम जमातको १८८९ मार्च २३ मा स्थापना भएको आजकै दिन लाई दिवसको रुपमा मनाउदै आएको छ ।
सोही दिनको सम्झनामा महिस मऊद दिवस २०८१ को अवसरमा इथर सर्कलमा एक दिने रिफ्रेसर तालिम सम्पन्न भएको हो ।
अहमदिया मुस्लिम जमातका सस्थापक हजरत इमाम मेहदी गुलामले भारतको लुदियानामा ४० जनाले दिक्शा लिएर जमातको स्थापना २३ मार्चका दिन भएको थियो ।
यस जमातको पहलो खलिफा हाकिम नुरुद्दीन हुन आज को दिन लाए अहमदीया मुस्लिम हरुले मसिह मौद दिवासको रूपमा मनाउदै आएका छन ।
सोही क्रममा मजलिस अनसारुल्लाह नेपालद्वारा आयोजित एक दिने रिफ्रेसर तालिम खनारमा सम्पन्न गरेको हो ।
“सबैलाई माया गरौँ, कसैलाई घृणा नगरौ“ भन्ने मूल नारालाई आत्मसात गर्दै अहमदिया मुस्लिम समुदायले समाजमा रहेका अन्य धर्महरु संग समन्व कायम गरी शान्ति स्थापना गर्ने उदेश्यका साथ कार्यक्रम गरिएको कार्यक्रमका प्रमुख अतिथि मजलिस अनसारुल्लाह नेपालका केन्द्रिय उपाध्यक्ष हैदर मियाँले बताए । 
त्यस्तै कार्यक्रममा बोल्दै मजलिस अन्सारुल्लाह नेपालका अध्यक्ष मोहम्मद इस्माईले अहमदिया मुस्लिमहरुले वास्तविक शिक्षालाई आत्मसात गर्दै समाजमा भाइचारा, सहिष्णुता, र शान्ति कायम राख्दै विभिन्न सामाजिक कार्यक्रमहरु संचालन गर्दै आएको पनी जानकारी दिएका थिए ।
सहभागीहरूले आफ्नो जीवनशैलीमा यी शिक्षाहरू लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजक समितिले जानकारी दिएको छ । अहमदिया संघ इटहरीका सर्कल इञ्चार्ज सेराज अहमदले स्वागत मन्तव्य राखेका थिए ।
मजलिस अन्सारुल्लाह नेपालका अध्यक्ष मोहम्मद इस्माईको अध्यक्षता तथा मजलिस अनसारुल्लाह नेपालका केन्द्रिय उपाध्यक्ष हैदर मियाँको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सुनसरी,मोरङ,झापा लगायतको सहभागिता रहेको थियो ।




















