इटहरी । नेवाःपुच इटहरीले विशेष कार्यक्रमको आयोजना गरि रजतजयन्ती वर्ष मनाएको छ ।

    स्थापनाको २५औं वर्ष पुरा गरी २६औं वर्षमा प्रवेश गरेको अवसर पारेर नेवाःपुच इटहरीले रजतजयन्ती वर्ष तथा २६औं वार्षिकोत्सव कार्यक्रमको आयोजना गरेको हो ।

   नेपाः पाटीप्यालेस इटहरीमा आयोजना गरिएको रजतजयन्ती वर्ष तथा वार्षिकोत्सव कार्यक्रमको प्रमुख आतिथ्य कोशी प्रदेश सरकारका खानेपानी सिचाई तथा उर्जा मन्त्री एकराज कार्कीको रहेको थियो । सो अवसरमा जेष्ठ नागरिक ,नेवाःपुचका लागि जग्गा दिने दाता , भवन निर्माणमा सहयोग गर्नेहरु साथै विभिन्न क्षेत्रमा उच्च ओहोदामा पुगेका सदस्यहरुका सन्ततीहरुलाई सम्मान गरियो ।WhatsApp Image 2025-03-21 at 16.34.54

सम्मानितहरु हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथी मन्त्री कार्की कार्यक्रमका अध्यक्ष कालिदास श्रेष्ठ लगायतले दोसल्ला ,प्रमाण पत्र लगायतले सम्मान गरेका थिए । सम्मानित हुने जेष्ठ नागरिकहरुमा कुलवहादुर श्रेष्ठ, खड्ग मकाजु , मन्दिल मकाजु रहेका छन ।WhatsApp Image 2025-03-21 at 16.34.54 (1)

  सोही कार्यक्रममा  नेवाःपुचले रजतजयन्तीका अवसरमा प्रकासनमा ल्याएको स्मारिका समेत विमोचन गरियो । रजतजयन्ती तथा वार्षिकोत्सव कार्यक्रममा कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठ, नेवा दे दवुका केन्द्रिय सदस्य  सोम बहादुर  श्रेष्ठ,विमला प्रधान लगायतको आतिथ्य रहेको थियो ।