इटहरी । भ्वइस अफ चिल्ड्रेनले सामुदायिक बिद्यालयमा अध्ययन्नरत बालबालिकाहरूलाइ बाल अधिकार र सुरक्षा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम इटहरीमा सम्पन्न गरेको छ ।

बालबालिकाको क्षेत्रमा काम गर्दै आएको भ्वइस अफ चिल्ड्रेनले सुनसरीको इटहरी स्थीत इनटुरिष्ट होटेलमा आयोजित एक दिने प्रशिक्षण सम्पन्न गरेको हो ।

 बिभिन्न स्थानिय तहका सामुदायिक बिद्यालयहरूमा अध्ययन्नरत १८ वर्ष मुनीका बालबालिकाहरूलाइ बाल अधिकार , सुरक्षा , तथा चुनौती, विशेष अधिकार, सवभन्दा जोखिममा रहेको जनसख्या वयस्कको भन्दा फरक आवश्यकता र समुदायले दुव्यवहार र शक्तिको दुरुपयोग गर्ने गरेको, वेचविखन, हेला, शोषण, भेदभाव, आदि लगायतका विषयमा एक दिने प्रशिक्षण गराइएको हो ।

कार्यक्रममा प्रशिक्षक भ्वइस अफ चिल्ड्रेनका कार्यक्रम सहायक प्रकास परियार , कार्यक्रम अधिकृत लिला भुजेलले बालबालिकाको हक अधिकार र संरक्षणका विषयमा प्रशिक्षण दिएका थिए ।WhatsApp Image 2025-03-19 at 14.19.15

साथै पछिल्लो समय बालबालिकाहरू सामाजिक सञ्जालको लतमा फसेर साइबर अपराधको सिकार बनिरहेको हुदा मोवाइलको लतबाट टाढा बस्न बिद्यार्थीहरूले धेरै समय ब्यवहारिक र प्रयोगात्मक शिक्षालाइ जोड दिनुपर्ने विषयमा प्रशिक्षक परियारले सहजिकरण गरेका थिए ।

धेरै जसो बालबालिकाहरू अहिले पनि अधिकार पाउनबाट बञ्चित भइरहेकोले समय रहदै उनिहरूको हक , सुरक्षाबारे सचेतना कार्यक्रम अन्तरगत यो प्रशिक्षण प्रदान गरि विद्यालयमा अरु विद्यार्थीहरु सहजिकरण गर्न सकुन भनेर एक दिने प्रशिक्षण  कार्यक्रम आयोजना गरेको भ्वइस अफ चिल्ड्रेनकी कार्यक्रम अधिकृत लिला भुजेलले बताइन ।

प्रशिक्षणमा सुनसरीको इटहरी , धरान , गढी , देवानगञ्ज लगायतका ठाउहरूबाट २५ भन्दा बढी बालबालिकाहरूको उपस्थिति रहेको थियो ।