इटहरी । भोजपुर सुनसरी एकता समाजले बिहीबार होली मिलन तथा चियापान कार्यक्रम इटहरीमा सम्पन्न गरेको छ ।
भोजपुरमा जन्मेर सुनसरीको भिभिन्न ठाउमा बसोबास गर्दै आएका भोजपुरेहरुले सामाजिक रूपमा एकता र सदभाव राख्दै बिहीबार होली मिलन तथा सुभकामना आदान प्रदान र चियापान सम्पन्न गरेका हुन ।
संस्थाका अध्यक्ष केशव खडकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुनसरीको बिभिन्न स्थानमा छरिएर रहेका एक सय भन्दा बढी भोजपुरेहरूको उपस्थिति रहेको थियो । कार्यक्रमकी प्रमुख अतिथी कोशी प्रदेशकी राज्यमन्त्री सृजना राइले असत्य माथी सत्यको जित भएको कारण खुशियाली साट्न मनाइने होली पर्वले नेपाली दाजुभाइ बिच सामाजिक सदभाव कायम राख्दै आएको बताइन ।
यस्ता पर्वले सांस्कृतिको जगेर्णा संगै समाजमा शान्ती स्थापनामा ठुलो टेवा पुर्याउने उनको भनाइ छ ।
कार्यक्रममा संंस्थाकि उपाध्यक्ष सुभद्रा राइले स्वागत मन्तब्य राखिन भने सस्थाका संस्थापक तथा सल्लाहाकार कृष्णबहादुर कार्की,संस्थापक सदस्य तथा इटहरी उपमहानगर कार्यपालिका सदस्य प्रमोद शेर्पा , इटहरी उपमहानगर पालिका १ का वडाध्यक्ष कैलाश कार्की लगायतले सुभकामना मन्तब्य राखेका थिए ।