मोरङ । फागु पुर्णीमा अर्थात होलीलाइ रंगहरुको पर्वको रुपमा लिने गरिन्छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पर्ने यस पर्वमा रिसराग त्यागी आत्मीयताका साथ साथीभाइ तथा आफन्तहरुसँग रंग दलेर होली खेल्ने गरिन्छ । तेस्तै मोरङको सुन्दरहरैचा स्थित राधेश्याम सेवा ट्रस्ट नयाँ विन्दावन गौशलाले फुलको होली खेलेर होली पर्व मनाएको छ ।
होली उत्सव समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले पर्यटकियस्थलहरूको विकास तथा प्रवर्दन गर्न सरकार पछि नहटने बताएका छन ।
मुख्यमन्त्री कार्कीले कोशी सरकार पर्यटन वर्ष २०८२ लाइ भव्य स्वागत गर्न आतुर भएकोले आफ्नो क्षेत्रमा रहेका धार्मिक पर्यटकीयस्थलको विकास र प्रवर्दनकालागि चाहिने पर्याप्त बजेट देखि जुनसुकै सहयोग गर्न प्रतिवद्ध रहेको उल्लेख गरे ।
राधेश्याम सेवा ट्रस्ट द्वारा सञ्चालित नयाँ विन्दावन गौशाला परिसरको अवलोकन पछि आयोजित होली उत्सवमा उनले आवस्यकीय डिपिआर तयार पारी कुल बजेट समेत उल्लेख गरेर मन्त्रालय ल्याउन ट्रस्ट समितिलाइ आग्रह पनि गरे ।
एक महिना भित्र यहाका सम्पुर्ण भौतिक पूर्वाधार सहितका धार्मिक पर्यटकिय स्थलमा आवस्यकीय कुराहरू जोडेर लाग्ने कुल खर्च सहितको डिपिआर तयार पारेर ल्याउनुस सकेजतिको बजेट बिनीयोजन गर्ने जिम्मा मेरो मन्त्री कार्कीले भने ।
उनले विन्दावन क्षेत्रको बिकासकालागि यो वर्ष नभए अर्काे वर्ष मागेजति बजेट बिनीयोजन गर्ने प्रतिवद्धता समेत जाहेर गरे ।
कोशी प्रदेशमा धार्मिक पर्यटकीय स्थलहरूको अनेकौ सम्भावना भएपनि पर्यटक भित्र्याउने काममा निकै पछि परेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशमा रहेका समस्त पर्यटकीय स्थलहरूको प्रचार प्रसार उनिहरूको विकास तथा प्रवर्दन गर्नकै निमित्त आगामी वर्ष २०८२ लाइ पर्टन वर्षको रूपमा मनाउन लागिएको बताए ।
गौशाला परिसरमा मुख्यमन्त्री कार्कीले फुलको होली समेत खेलेका थिए ।
कार्यक्रममा कोशी प्रदेश सांसद मिना श्रेस्ठले हिजो चिहानघारी भनेर चिनिने यस क्षेत्रलाइ वृन्दा वन सम्म बनाउ रातदिन खटिने धार्मिक साधु सन्तहरू प्रति नमन गर्दै यस क्षेत्रको बिकासकालागि आफ्नो तर्फबाट पनि सक्दो सहयोग गने प्रतिवद्धता ब्यक्त गरिन ।
कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका पूर्व नगर प्रमुख शिव प्रशाद ढकाल , जिल्ला समन्वय समिती मोरङका प्रमुख अजम्बर राइ , पूर्व राज्य मन्त्री राजकुमार ओझा लगायतले सुभकामना मन्तब्य राखेका थिए । यसैबिच गौशाला परिसरमा बिहीबार फुलको होली खेलेर फागु पुर्णीमा मनाइएको छ । असत्यमाथि सत्यको जित र वसन्त ऋतुलाइ स्वागत गर्दै गौशाला परिसरमा फुलको होली खेलीएको हो । फुल संगै गुलावजलको व्यवस्था सहित एक आपसमा भाइचाराको सम्बन्ध कायम गृदै यो वर्ष होली खेलीएको गौशालाका संरक्षक दिनबन्धु साश्त्रीले बताए । उक्त कार्यक्रममा सुन्दरहरैचा लगायत आसपासका क्षेत्रबाट १५ हजार भन्दा बढी भक्तजनहरूको उपस्थिती रहेको थियो ।