धरान । धरान हाम्रो मोबाइल संघ धरान काे अध्यक्षमा जीवन शाक्य  पुनः चयन सर्वसहमत चयन  भएका छन् ।   संघकाे शनिबार हरियाली मा भएकाे  दास्राे अधिवेशन वाट शाक्यकाे अध्यक्षतामा १३ सदस्य कार्यसमिति चयन भएकाे हाे ।  अधिवेशनले  उपाध्यक्ष  बिमला खतिवडा , सचिवमा सबिन लम्साल, कोषाध्यक्ष सचिन पोखरेल तथा सहसचिवमा सुरेन्द्र दाहाल  चयन गरेकाे छ ।  सदस्यहरूमा क्रमश  बुद्धराज लिम्बु सन्नी गुप्ता लुसन मल्ल मिनकुमार राई सहिद अनवर मनिषा राजधामी आशिष राज यादव चयन भएका छन् भने   एकजना सदस्यको पद पछि मनोनित गरिने  सचिव लम्सालले जानकारी दिए । अधिवेशन सगै  बार्षिक साधारण सभा  उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ काे प्रमुख आतिथ्य मा भएकाे  थियाे । संघका अध्यक्ष जीवन शाक्यकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे विशेष अतिथि   अतिथि नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले रहेका थिए भने कार्यक्रममा  उद्योग वाणिज्य सङ्घ सुनसरीका प्रथम उपाध्यक्ष  गोपाल श्रेष्ठ,  अधिवक्ता रविन्द्र कुमार भगत लगाएको उपस्थिति रहेकाे थियाे ।  साधारणसभाले सचिव सविन लम्सालले पेस गरेकाे बार्षिक प्रगति प्रतिवेदन र काेशाध्यक्ष सचिन पाेख्रेलले पेस गरेकाे आर्थिक प्रतिवेदन समेत सर्वसहमत पारित गरेकाे थियाे ।