इटहरी । विश्व स्तरिय नाटकहरुको प्रर्दशन गर्ने गरी सुनसरीको इटहरीमा अन्तराष्ट्रिय नाट्य महोत्सवको आयोजना हुने भएको छ ।
एशियन पिपुल्स थिएटर फेष्टिवल सोसाइटीले सर्वनाम थिएटरको सहकार्यमा इटहरी म्याट्रिक्समा शुक्रवार देखि अन्तराष्ट्रिय नाट्य महोत्सव सञ्चालन गर्ने भएको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।
महोत्सवमा १३ मुलुकका रंगकर्मीहरुको सहभागिता रहने अन्तराष्ट्रिय नाट्य महोत्सव कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२लाई लक्षित गरी सञ्चालन गर्न लागिएको रंगकर्मी विक्रम श्रीले जानकारी दिए ।
उनले महोत्सवको उदघाटन कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले गर्ने समेत वताए ।
आगामी २५ गते सम्म चल्ने महोत्सवमा दैनिक ३ बजे देखि ५ बजे सम्म अन्तराष्ट्रिय स्तरका नाटकहरू प्रदर्शन गरिने समेत वताइयो ।
महोत्सवमा विविध नाटक प्रदर्शन सहित नाट्य कार्यशाला तथा सास्कृतिक आदान–प्रदानका विषयवस्तुहरु समेत समावेश गरिएको अर्का रगंकमी गोपाल देवानले जानकारी दिए ।
महोत्सवले कोशी प्रदेशको पर्यटन प्रवद्र्धन, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा कला, संस्कृक्ति र सभ्यताको अभिवृद्धिमा महत्वपूर्ण योगदान परÞ्याउने विश्वास गरिएको छ । इण्टरनेशनल पिपुल्स थिएटर फेष्टिबल २०२५ को संयोजन इटहरी म्याट्रिक्स र आरम्भ नाट्य डबलीको रहने छ ।