इटहरी । सुनसरिको इटहरीमा आगामी फागुन २५ गते देखि पाँचौ संस्करणको इष्टर्न दुरिजम मार्ट २०२५ हुने भएको छ । मार्ट सम्बन्धी बिहीबार आयोजित पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल पर्यटन बोर्डले सबै तयारी सकिएको बताएको हो ।
कोशी प्रदेशमा रहेका पर्यटनको प्रवर्धन र विकासका लागि एकिकृत प्रयास गर्ने उद्देश्यले इष्टर्न ट्राभल मार्टको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा बताइयो । भारत लगायत अन्य मुलुकका पर्यटकहरूलाइ कोशी प्रदेश ल्याएर यहाका पर्यटकीयस्थलहरूको अवलोकन गराइ अर्गानिक खानाको स्वाद चखाउने योजना रहेको आयोजकको भनाइ छ । यो वर्ष भारतका तीन प्रदेश बंगाल, विहार , सिक्किमबाट र भुटानका गरि करिव एक सयबढी पर्यटन व्यवसायी, पत्रकार र पर्यटनबिदहरूको उपस्थित रहने पत्रकार सम्मेलनमा पर्यटन बोर्डका प्रवन्धक उदय भट्टराइले बताए । २७ गते सम्म चल्ने मार्टको उदघाटन कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले गर्ने बताइएको छ भने कार्यक्रम इटहरीको सोल्टि वेस्टेड होटलमा आयोजना हुने बताइएको छ ।
कोशी प्रदेशवाट पर्यटन व्यवसायी, ग्रामीण पर्यटनकर्मी र धार्मिक पर्यटन क्षेत्रका संस्थाहरु गरि करिव एक सय पचास बढीको उपस्थिति रहने जनाइएको छ ।
आएका पर्यटकहरूलाइ कोशी प्रदेश भरी रहेका धार्मिक तथा ऐतिहासिक संगै मनोरम दृस्य अवलोकन गृने गरीका एक दर्जन बढी पर्यटकीय स्थलहरूको भ्रमण गराइ यहाका बर्तमान बस्तुस्थिती बारे जानकारी गराइने पत्रकार सम्मेलनमा बताइएको छ ।
२५ गते इटहरीबाट सञ्चालन हुने मार्टको समापन २७ गते विराटनगरको होटल इष्टर्न स्टारमा हुने पत्रकार सम्मेलनमा बताइएको छ । कार्यक्रमलाइ इटहरी उपमहानगरले संयोजन गरेको छ भने इस्टर्न टुरिजम मार्टले सहकार्य गरेको छ ।